logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

दुखको सहारा बन्दै नेकपा


  • राजनीति
  • आइतबार, भाद्र १४ २०७७

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, दैलेखले भदौ २ गते परेको अबिरल बर्षाले घरबारबिहिन भएका ठाँटीकाँध गाउँपालिका गैरेगाँउका ७ जना बाढीपिडित जनताहरुलाई राहत वितरण गरेको छ ।

दैलेखमा भदौ २ गतेको अबिरल बर्षाले ठाँटीकाँध गाउपालिका गैरेगाँउका ७ वटा घरहरु बगाएको थियो । २ जना बालकको ज्यान गएको थियो । वाढी पिडित जनताको घरमै गएर नेकपाले राहत वितरण गरेको छ ।

ठाँटीकाँध गाउपालिका बडा नं ४ गैरागाँउका टिकाराम कठायत, दानबहादुर कठायत, कर्ण बहादुर कठायत, बल बहादुर नेपाली, लिला नेपाली र रण बहादुर शाहीलाई नेकपाले चामल, दाल, तेल र नुन राहत स्बरुप बितरण गरेको छ ।

राहत बितरण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला कमिटी सदस्य प्रकाश र ठाँटीकाँध गाउँ कमिटी सदस्य शरदको उपस्थिति रहेको नेपाल कम्युनिस्ट पार्टी दैलेखका ईन्चार्ज दिपेन्द्रले जानकारी दिनु भएको छ‌ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार