logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

ठुलो संख्या १२२१ जनामा कोरोना संक्रमित


  • राजनीति
  • आइतबार, भाद्र १४ २०७७

नेपालमा आज पनि ठुलो संख्यामा कोरोना भाइरसको संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १२२१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १२ हजार ७१७ नमुना परीक्षण गर्दा ३४८ महिला र ८७३ पुरुषमा संक्रमण पुष्टि भएको हो । यो सँगै कुल संक्रमित संख्या ३८ हजार नाघेको छ । संक्रमणबाट आज पनि मृ’तकको सख्या थपिएको छ ।

देशभरका विभिन्न अस्पताल, प्रदेश तथा जिल्लाका स्वास्थ्य निकायबाट २४ घन्टाभित्र प्राप्त विवरण अनुसार संक्रमित र मृतक थपिएको पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयबाट यसको औपचारिक जानकारी आउँदैछ । गए राति र आज विहान पनि संक्रमणबाट मृ’त्यु हुने थपिएका छन् ।

यसअघि हिजोसम्म कोरोना भाइरसको संक्रमणबाट मृ’त्यु हुनेको संख्या २०७ पुगेको थियो । कुल संक्रमित संख्या ३७ हजार ३ सय ४० पुगेको थियो । काठमाडौं उपत्यकालगायत मुख्य शहरहरुमा निषेधाज्ञा जारी हुँदा पनि संक्रमित संख्या ह्वात्तै बढिरहेको छ । पछिल्ला दिनहरुमा मृतकको संख्या निरन्तर बढिरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार