चीनको उत्तरी प्रान्त शाङ्सीमा एउटा होटल भत्किँदा मृ’त्यु हुनेको संख्या २९ जना पुगेको छ । स्थानीय अधिकारीहरुले भवनमा पुरिएको आशंकामा गरिएको खोज तथा उद्धार कार्य समाप्त भएको बताएका छन् ।
शनिबार बिहान दुई तले होटल भत्किएर १७ जनाको मृ’त्यु भएको तथा २८ जना घा’इते भएको विवरण प्राप्त भएको थियो । घाइतेमध्ये अझै पनि सात जनाको अवस्था गम्भीर रहेको छ ।
होटल भत्किनुको कारणका बारेमा स्थानीय अधिकारीहरुले अनुसन्धान शुरु गरेका छन् । उक्त घटनाको छानबिनका लागि एक समिति नै बनाइएको खबर आजको समाचार पत्रले उल्लेख गरेको छ ।