logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सेन्टर जेल सुन्धाराका ३ जना कैदी बन्दीको मृत्यु


  • राजनीति
  • मंगलबार, भाद्र १६ २०७७

केन्द्रीय कारागारका तीन कैदीबन्दीको मृ’त्यु भएको छ । मृ’त्यु भएकामध्ये एक जनामा कोरोना पुष्टि भएको कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले बताए ।

जेलर सापकोटाका अनुसार कञ्चनपुर घर भएका ४० वर्षीय ती पुरुषको उपचारको क्रममा सोमबार साँझ मेगा अस्पतालमा मृ’त्यु भएको हो ।

अन्य दुई जनाको वीर अस्पतालमा उपचारको मृ’त्यु भएको हो । बझाङ घर भएका पुरुषको ५ भदौमा भएको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएको थियो ।

त्यस्तै मंगलबार बिहान सिराहा घर भएका एक पुरुषको पनि मृ’त्यु भएको जेलर सापकोटाले बताए । मृ’तकको स्वाब संकलन गरेर पीसीआर परीक्षणको लागि पठाइए पनि रिपोर्ट आइसकेको छैन ।

जेलर सापकोटाका अनुसार हालसम्म केन्द्रीय कारागारका ५२ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै कारागारको सुरक्षामा कार्यरत ५६ सुरक्षाकर्मीमा पनि संक्रमण भएको छ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार