logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

वामदेवको लागी मन्त्रीपरिषदको बैठक बस्दै


  • राजनीति
  • शुक्रबार, भाद्र १९ २०७७

आज मन्त्रीपरिषदको बैठक बस्दैछ । आज ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा नेपाल कम्युनिस्ट पाटीका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिबाट मनोनित गर्न नाम सिफारिश हुने भएको छ ।

राष्ट्रियसभामा एक मनोनित सदस्यको सिट खाली छ । त्यसमा अर्थमन्त्री डा. युवराज खतिवडालाई मनोनित गर्ने प्रयास भएपछि कुरा मिल्न सकेन । नेकपाभित्र बामदेवलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न नाम सिफारिश गर्ने विगतको निर्णय कार्यान्वयनको दबाब बढेपछि प्रधानमन्त्री केपी शर्मा ओली त्यसका लागि वाध्य भएका हुन् ।

हिजो बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले बामदेवको नाम सिफारिश गरिने जानकारी गराएका थिए । गौतम सांसद बनेपनि मन्त्री बन्ने हुन् या होइनन् निश्चित भने छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार