राजनीति
पुल्चोकमा भएको घ’टनामा प्रेस लेखिएको ज्याकेट लगाएर बिहीबार ललितपुरको पुल्चोकमा प्रहरीमाथि ढुंगा हा’न्ने युवकलाई प्रहरीले प’क्राउ गरेको छ।
झडपका क्रममा पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हा’न्ने महालक्ष्मी नगरपालिका-१ का २१ वर्षीय अनिश महर्जनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले शुक्रबार इमाडोलबाट प’क्राउ गरेको हो।
महाशाखा प्रमुख एसएसपी दीपक थापाका अनुसार उनले पत्रकारको परिचय दिने ज्याकेटको दुरू’पयोग गरेको खुलेको छ। ‘उनी पत्रकार होइनन्, उनीसँग पत्रकारको परिचय खुल्ने कुनै विवरण भेटिएन’, थापाले भने, ‘उनले फोटो, भिडियो खिच्ने गरेको पाइयो। केही भिडियो युट्युबतिर पनि हालेको भेटिएको छ।’
पुल्चोकमा भएको झ’डपका क्रममा ट्राफिक प्रहरी जवान कमल प्रसाद घिमिरेलाई कु’टपिट गर्नेसहित प्रहरीले अहिलेसम्म १३ जनालाई प’क्राउ गरेर हि’रासतमा लिइसकेको छ।