logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

हस्पिटल भित्रै ग्याङ फाइट, डाक्टर र नर्स सम्म कुटिए


  • राजनीति
  • शनिबार, भाद्र २० २०७७

बिहीबार राति स्वयंम्भूस्थित मनमोहन मेमोरियल कलेज तथा शिक्षण अस्पतालको आकस्मिक कक्ष तो’डफोड भएको छ। आकस्मिक कक्षमा उपचार गर्दै गरेका डाक्टर नर्स तथा सेक्‍युरिटी गार्ड कुटिएका छन्। तो’डफो’ड र कु’टपिटपछि अहिले अस्पतालको आकस्मिक सेवा बन्द गरिएको छ।

बिहीबार अपरान्ह रानीवन र ढुंगेधाराका युवाबीच भलिबल खेल्ने क्रममा ग्याङ फाइट भएको थियो। त्‍यस क्रममा घा’इते भएका पाँच जना युवालाई उपचारका लागि मनमोहन अस्पताल लगिएको थियो। कुट्ने समूहको एकजना युवा पक्राउ परेपछि सोही समूहका अरू ३०/४० जना युवा आएर घा’इतेमाथि कुटपिट गरेको अस्पतालले जनाएको छ।

अस्पतालमा आएर आकस्मिक कक्षमै भि’डन्त गर्ने र स्वास्थ्यकर्मीमाथि आ’क्रमण हुने, स्वास्थ्य सामग्रीको तोड’फोड गर्ने लगायतको कार्यले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी माथि असुरक्षा बढेको भन्दै आफूहरूले आकस्मिक सेवा बन्द गरेको अस्पतालले जनाएको छ।

झ’डप हुँदा आकस्मिक कक्षमा रहेको इसिजि मेसिन, टिचल फोर्सेव, एम्बु व्याग, टुल लगायतका थुप्रै सामानमा क्ष’ति पुगेको अस्पतालले जनाएको छ।

कोरोना महामारी र जारी निषेधाज्ञामा भलिबल खेल खेलाउनु आफैँमा गैरकानुनी काम थियो। त्यसबाहेक घा’इतेको उपचार भएको अस्पतालमै गएर आ’क्रमण गर्नु झनै गैरकानुनी काम देखिएको छ। महामारीकाबीच आफ्नो ज्यानको मतलब नगरी स्वास्थ्य सेवा दिइरहेका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि नै यसरी आ’क्रमण हुनु निकै दु’खद कुरा हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार