logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

विप्लवको कार्वाही सूचीमा प्रचण्डका घरवेटी, नयाँ घर खोज्दै प्रचण्ड


  • राजनीति
  • मंगलबार, भाद्र २३ २०७७

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक्कासि नयाँ घरको खोजीमा लागेकाछन । उनि नया घरमा सर्ने भएका छन् । प्रचण्डले एक टेलीभिजनलाई दिएको अन्तर्वार्ताको क्रममा आफू घरको खोजीमा जुटेको र छिट्टै नयाँ घरमा सर्ने स्पष्ट पारेका हुन् ।

गजवको शन्दर्भ के छ भने केहिदिन अगाडि मात्र नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बिज्ञप्ती नै सार्वजनिक गरि शारदा अधिकारीले बिभिन्न ठेक्कामा जनतालाइ सास्तीए दिएको भन्दै कार्वाहीको घोषणा गरेको थियो । त्यस्तै दुइदिन अगाडी मात्र अधिकारीलाइ सरकारले कार्वाही स्वरुप अधिकारी सगको ठेक्का रद्द समेत गरेको छ ।

अहिलेका खुमल्टारमा बस्दै आएको प्रचण्डको नाम घरबेटी शारदा अधिकारी सँग पटक पटक जोडेर समाचार आउने गरेकाछन । प्रचण्डले अधिकारी सग जोडेर विवादमा तान्ने काम गरिएको भन्दै उनले आफू घर सर्ने तयारीमा जुटेको बताएका हुन् ।

दाहाल हाल शारदाप्रसाद अधिकारीको घरमा भाडामा बस्छन् । अहिलेका घरबेटीले कहाँ ठेक्का लिन्छन् ? के गर्छन् ? भन्ने कुरा आफूलाई केही पनि थाहा नहुने दाहालले स्पष्ट पारेका छन् ।

दाहाल खुमलटारमा बस्नुअघि लाजिम्पाटमा बस्दै आएका थिए । उक्त घरलाई लिएरपनि दाहाल विवादमा आएका थिए । लाजिम्पाटको घर अजेयराज सुमार्गीको आफन्तको घर थियो । दाहालको नाम सुमार्गीसँगपनि जोडिँदै आएको छ ।

नेकपाले जारीगरेको बिज्ञप्ती

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार