logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

३१ काे फरार-सूचीमा नपरेका अर्का व्यक्ती सुन काण्डमा समातिय,हेर्नुस को हुन यी व्यक्ती


  • राजनीति
  • शुक्रबार, जेष्ठ ११ २०७५

विराटनगर-  चुडामणि उप्रेती गोरेले बयान दिने क्रममा थप व्यक्तिका नाम सार्वजनिक गररहेका छन् । साेही बयानका अाधारमा गाेरेसँग साठगाँठ भएका थप एक व्यक्ति पक्राउ परेको हो ।

प्रहरीले बिहीबार साँझ मोरङको उर्लाबारी नगरापलिाका–२ का ३८ वर्षीय ‘रेवत’ भनिने रेवन्तकुमार आचार्यलाई  पक्राउ गरेको हो । प्रहरीले  गोरेले बुधबार र बिहीबार दिएको बयानका आधारमा उनलाई पक्राउ गरिएको जनाएकाे छ । रेवतलार्इ जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ।

सनम शाक्यलार्इ यातना दिन ब्याट्रि तथा तारकाे व्यवस्था रेवतले गरेकाे गोरेले दिएको बयानका आधारमा खुलेकाे हाे । साथै उनकाे पनि सुन तस्करीमासमेत संलग्नता रहेको हुनसक्ने आशंकामा पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएकाे प्रहरीले जनाएकाे छ । यसअघि प्रहरीले सार्वजनिक गरेकाे ३१ काे फरार-सूचीमा भने उनी नरहेकाे जनाइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार