राजनीति
बिद्रोही दल नेपाल कम्युनिस्ट पाल्पाले जिल्लाभरी अभियानलाई तीब्रता दिएको छ । भदौ १५ देखि सुरु भएको अभियान अन्तर्गत विभिन्न राजनीतिक दलहरुसँग छलफल अन्तरक्रिया, राजनीतिक वैचारिक प्रशिक्षण, संगठन विस्तार तथा जनभेटघाट भइरहेको छ ।

यसक्रममा युवा संगठन नेपालको ४ वटा गाउँस्तरिय भेला सम्पन्न भइसकेको छ । भेलाले ३ वटा गाउँस्तरीय कमिटीहरु निर्माण भएका छन् । अखिल (क्रा’न्तिकारी) को ३ वटा इकाई कमिटी, अखिल नेपाल किसान महासङ्घ (क्रा’न्तिकारी) को १ वटा गाँउस्तरिय कमिटी, अखिल नेपाल महिला सङ्घ क्रा’न्तिकारीको २ वटा वडा कमिटी निर्माण भएको छ । यसक्रममा ११ वटा जनभेला सम्पन्न भएका छन् । पार्टी तथा जनवर्गीय संगठन वा मोर्चाहरुको सदस्यता विस्तार र नवीकरण, सेल कमिटीका बैठक तथा प्रशिक्षणहरु सञ्चालन भइरहेको नेकपा पाल्पाका इन्चार्ज प्रवीणले बताए ।

अभियानको क्रममा कोरोना विरु’द्ध जनचेतना, भ्रष्टाचार, कालोबजारी, जनविरोधी क्रियाकपालहरु वि’रुद्ध दलालको भण्डाफोर तथा पार्टी नीति एवं समसामयिक बिषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको नेकपा पाल्पाले बताएको छ । अभियान अन्तर्गत पार्टी, जनबर्गीय संगठन तथा मोर्चाहरुको संगठन सुदृढ तथा विस्तार एवं राष्ट्रियता, जनतन्त्र र जनजीविका सँग सम्बन्धित सङ्घर्षहरु सञ्चालन तीब्र हुने समेत इन्चार्ज प्रवीणले बताए ।