logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

सचिवालयको सेन्टरमा बसेर बैठक चलाउदै प्रचण्ड, बोलेर बाहिरीए ओली


  • राजनीति
  • शुक्रबार, भाद्र २६ २०७७

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक जारी छ । बैठकमा आज अध्यक्षद्ध केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गरेको प्रतिवेदनमा केन्द्रित रहेर छलफल चलिरहेको छ।

झण्डै डेढ महिनापछि सुरु भएको बैठकमा अध्यक्ष दाहाल बस्ने कुर्सी सेन्टरमा राखिएको छ। दाहाल बीचमा देखिन्छन् । र, दाहालको दाया प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र बायाँ वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल देखिएका छन् । र, छेउ-छेउमा झलनाथ खनाल र वामदेव गौतम बसेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी बैठक बसिरहेको छ । बैठकको शुरुमै प्रधानमन्त्री केपी शर्मा ओली केही बेर बोलेर निस्किएका छन् ।

विश्वस्त स्रोतका अनुसार ओलीले बैठकको अध्यक्षता गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाललाई भनेर निस्किएका हुन् । उनले आफ्नो मात्र कुरा राखेर निस्किएको बुझिएको छ । प्रचण्डलाई अध्यक्षता गर्न भनेर जानुलाई ओलीले पार्टीको जिम्मेवारी सुम्पिएकोको रुपमा लिइएको छ ।

पार्टी विवाद समाधान गर्न पनि ओलीले सरकार र प्रचण्डले पार्टी चलाउने सहमति भएको छ । यसैलाई लागू गर्न ओलीले बैठकको अध्यक्षता प्रचण्डलाई गर्न भनी बाहिर निस्किएका हुन् ।

नेकपाभित्र आज १५ वटा एजेन्डामाथि बैठकमा छलफल हुने तय भएको छ । सदस्यहरुले लिखित सुझाव राख्ने तय भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार