राजनीति
काठमाडौंको सुन्धारामा रहेको केन्द्रीय कारागारका ४ जना कैदीबन्दीलाई मृ’त्युपछि कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । वीर अस्पतालमा उपचारको क्रममा मृ’त्यु भएका थप चारजना कैदीबन्दीमा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।
मृ’त्युपछि संक्रमण पुष्टि भएकाहरुमा सिराहाका ६४ वर्षीय पुरुष, बझाङका ६० वर्षीय पुरुष, पाल्पाका ५८ वर्षीय पुरुष र दोलखाका ६९ वर्षीय पुरुष छन् । उनीहरुको वीर अस्पतालमा मृत्यु भएको थियो । ३ जना कैदीको भदौ १६ मा र दोलखा घर भएका १ कैदीको भदौ १९ मा मृ’त्यु भएको थियो ।
त्यसअघि, भदौ १५ मा ललितपुरको मेगा अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएका एकजना कैदीमा कोरोना पोजेटिभ देखिएको थियो । मेगा अस्पतालमा भर्ना गरिएका कैदी अन्य रोगबाट पनि पीडित थिए । केन्द्रीय कारागारका ६० जना संक्रमितमध्ये ३१ जनाले कोरोना भईरसलाई जितेका छन् ।
संक्रमितमध्ये केही कैदीलाई किर्तिपुरस्थित आयुर्वेदिक अस्पतालको आइसोलनमा र केहीलाई केन्द्रीय कारागारभित्रको अस्पतालमा आईसोलेशनमा राखेर उपचार गरिएको जेलर बाँस्कोटाले बताए ।