राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रिय नेता चन्द्र बहादुर चन्द (बिरजंग)लाइ रिहा गर्न सर्बोच्च अदालतले बाध्यकारी आदेश दिएको छ ।
बन्दी प्रत्यक्षीकरण रिट निवेदन माथीको सुनुवाई पछी आज न्यायधिसद्दय हरिकृष्ण कार्की र टंक बहादुर मोक्तान को संयुक्त ईजलासले रिहा गर्न आदेश दिएको हो। सर्बोच्च अदालतको आदेशमापहिले देखी नै निरन्तर थुनामा रहेका ब्यक्तीहरुलाई पटक पटक आस्थाका आधारमा पक्राऊ गर्ने र अनुसन्धान कार्य न्यायको दृष्टीले औचित्य पुर्ण नदेखिएकोले तुरुन्त थुन मुक्त गर्न भनिएको छ।
रिट निबेदकको पक्षमा बरिष्ठ अघिबक्ता एकराज भण्डारी, अधिबक्ता कपिलचन्द्र पोख्रेल,कान्तिराम ढुॅगाना,सन्तोष कोईराला राजु अघिकारी लगाएतले बहस गरेका थिए
ने क पा नेता चन्दलाई २०७६।६।३० गते दांग बाट पक्राउ गरेर देशका बिभिन्न जिल्लामा घुमाउंदै बिभिन्न मुद्दा लगाएर राखेको थियो पछिल्लो पटक पक्राऊ गरी चन्द लाई संखुवासभा लगेर पुन:हातहतियार तथा खरखजना सम्बन्धी मुद्दा लगाईएको थियो।
अदालतको आजको यो बाध्यकारी आदेश संगै अब राज्यले सम्मानित अदालतको आदेशको कार्यन्वयन गरेर सम्मान गर्छ कि फेरी पक्राऊ गरेर कानुनी राज्यको खिल्ली उढाॅउछ यो चाॅही प्रतिक्षाको बिषय बनेको छ । प्राप्त सुचना अनुसार नेता चन्दलाई पुन: पक्राउ गरेर सुनसरी लैजाने तयारी गरिएको बुझिएको छ।