राजनीति
काठमाडौं ।जन्मकैदको सजायँ भोगिरहेका माओवादी नेता ढुंगेललाई आममाफी दिने तयारी गरिरहेको सरकारी कदमका विरुद्धमा सर्वोच्च अदालतमा रिट दायर भएको छ।
बालकृष्ण ढुंगेललाई माफी दिन लागिएको भन्दै बिहीबार बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट निवेदन दायर गरेका हुन्। रिटमा उनले सरकारी कदमका विरुद्धमा अन्तरिम आदेशको माग समेत गरेका छन्।