चर्चित पुर्व बिद्यार्थी नेता तथा हाल सत्तारुढ दल नेकपाका युवा नेता लेखनाथ न्यौपानेले जनता सधै भोकभोकै बस्न नसक्ने बताउदै छिट्टै बि’द्रोह गर्ने चेता’वनी दिएकाछन । उनले सत्ताको यस्तै तरिका भए जनताको धेर्यताको बाध टुटेर अकल्पनीय बि’द्रोह हुन सक्ने तर्फ संकेत गरेकाछ ।
पछिल्लो समय पार्टी भित्रको गलत प्रवृत्तिको बारेमा खुलेर आलोचना गर्दै आएका नेता न्यौपानेले आफ्नै पार्टी सत्तारुढ नेकपाको वर्गीय दृस्ठिकोण निकै कम्जोर र भुत्ते भएको छ तथ्यमा रहेर तर्क गरेकाछन । उनले नेकपाका जिम्मेवार तहकै नेताहरु परिवार र सम्पत्तिसगको सम्बन्धमा निकै फसेको धारणा सार्वजनिक गरेकाहुन ।
न्यौपाने पार्टी र राजनीतिमा गलत प्रवृत्ति हाबी भएको भन्दै नेताले कति कमाउन पाउने हो भन्ने कुराको कुनै टुंगो र नैतिकता नहुदा जनताको बिचमा बिस्तारै नाङ्गो हुदै गएको बताएकाछन । उनले पार्टीका नेता र सरकारका मन्त्रीको जिवन शैली र दैनिकी जनताको जस्तै हुनु पर्नेमा जनता भन्दा धेरै पर पुगिसकेको स्वीकार गरेकाछन ।
न्यौपानेले अहिलेको राजनीतिक ब्यवस्था सबभन्दा छिटो र सबभन्दा धनी हुने परिपाटी भएको भन्दै अब जनताले छानबिन गरी कब्जा गर्ने दिन पर नभएको बास्तविकता प्रस्ट्याएकाछन । अहिले सरकारमा बस्तुवादी चिन्तन नै नभएको भन्दै यदी नेकपा सुध्रीएन भने नेताहरु माथी ढुङ्ग्मुडा हुने र परिवारले मुख देखाएर हिड्न नसक्ने अवस्था आउने बताएकाछन ।
लेखक तथा खरो वक्ताको रुपमा परिचीत नेता न्यौपानेले यदी यस्तै तरिकाले जानेहो भने जनताले धावा बोलेर नेताका सम्पत्ति कब्जा गर्ने तर्क गरेकाछन । उनले भने भोका सधै भोको बस्दैन बि’द्रोह गर्छ । रोग भन्दा भोक पहिलो समस्या हो । त्यसैले जनता प्रती जवाफदेही नहुनेहो भने हालत खराव हुनसक्ने संकेत र संदेश समेत दिएकाछन ।