logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

इन्सपेक्टर माथी चौकीमै कुटपिट


  • राजनीति
  • आइतबार, भाद्र २८ २०७७

प्रहरी निरिक्षक सहितका प्रहरीटोली कार्यालयमै कुटिएका छन् । कञ्चनपुरस्थित ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीमा रहेको प्रहरी कार्यालयमै प्रहरी कु’टिएका हुन् ।

‘तास खेलिरहेको अवस्थामा पुर्नवासका केही व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा वादवि’वाद भएपछि सोही क्रममा प्रहरीमाथि कु’टपिट भएको हो।

आक्रोशित स्थानीयले ईलाका प्रहरी कार्यालयमा ढुङ्गामुढा समेत गरेका छन् ।

नेपाली सेनाको जहाज एक्कासी काठमाडौको सडकमा गुडेपछि

शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली सेनाको जहाज गुडाउँदै दरबारमार्गस्थित नारायणहिटी संग्राहलय लगिएको छ ।

भीभीआईपी सेक्युरिटीमा पहिला राजसंस्थाले प्रयोग गर्ने नेपाली सेनाको जहाज नारायणहिटी संग्राहलय लगिएको नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।

एभ्रो एयर क्राफ्टको जहाज सडकमा गुडाएरै आज रातिसम्म नारायणहिटी संग्रालय पुर्याइने पौडेलले बताए । उनले भने, ‘जहाजको पार्टपुर्जा निकालेर गुडाउँदै लगिएको छ ।’

जहाजलाई पाँच भागमा विभाजन गरेर खोलिएको पौडेलले जानकारी दिए । ‘आउट अफ फेज’ भएको जहाजलाई नारायणहिटी संग्राहलय पुर्याएपछि ‘एसेम्बल’ गरिने पौडेलले बताए ।

गुडाउँदै लैजाने क्रममा तीनकुनेस्थित गैह्रीधाराको मोडमा जहाज ठोक्किएको छ । जहाज ठोक्किएपछि एकछिन सडकमै रोकिएको थियो ।

नारायणहिटी संग्रालयमा राखिने नेपाली सेनाको जहाज घुम्न जाने सर्वसाधारणले हेर्न पाउनेछन् । यो कुनै समय नेपाली सेनासँग भएको सबैभन्दा बढी क्षमता भएको जहाज हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार