यति बेला विश्वव्यापी कोरोना कहर ले सताईरहेको छ । यो कोरोना भाईरस चाइनाको वुहान शहरबाट फैलिएर विश्वभरी नै ठूलो आतङ्क पैदा गरेको छ । यतिवेला विश्वसमाजमा यसको बारेमा धेरै टिकाटिप्पणीहरु हुन थालेका छन । यो भाइरस प्राकृतिक हो या मानव निर्मीत हो, यो साच्चिकै हल्ला अनुसार खतरनाक छ , या छैन, यो जनतामा यतिधेरै आतङ्कित किन भई रहेको छ । यसको अन्त्य कहिले हुन्छ , र यसको उपचारको लागि भ्याक्सीन कहिलेसम्म वजारमा आउँछ । भन्ने सन्त्रास फैलिरएको छ । थुप्रै अध्ययन अनुसन्धानले केकुरा पुष्टि गरिसक्यो भने निगम पूँजीवाद र तिनका विश्वभरीका माफियाहरुको सञ्जालले गरेको गोप्य योजना हो र यीनीहरुको हाल विश्वभरि गरिरहेको पछिल्लो व्यवहारले यो भाइरस प्राकृतिक नभएर मानवनिर्मित भाईरस हो भन्ने कुरा प्रमाणित हुँदै गइरहेको छ । विश्वभरिका माफिया र तिनीहरूको गोप्य योजना अनुसार नै यो संकट पैदा भइरहेको छ । विश्वभरिका माफियाहरुको पछिल्लो व्यावहारले यो थप पुष्टि हुँदै गईरहेको छ । यो कुनै भयावह अवस्था पनि होइन बनाउन खोजिएको मात्र हो । माफियाहरूको अमेरिकामा यस्तो संजाल छ की उनीहरुले आफूअनुकूल सरकारले काम गरेन भने,सरकारलाई नै दूधको झिंगा फालेझै फालिदीन्छन । अमेरिकी माफीयाहरुको नाईके विलगेट्सको योजनामा यो सवै भईरहेको हो । यसलाई हामीले निगम पुँजीवादको नाईके र त्यसको सेवा गर्ने सरकारी पात्र राष्टपती ट्रम्प उनीहरुकै संयूक्त योजना मुताबिक यो सव नाटक भइरहेको छ । उनीहरूको उद्देश्य के देखिन्छ भने विश्वभरि आतंक मच्चाउने,आफ्नो सामान टेस्टको रुपमा बेच्ने र जनतालाई लुट्ने । विश्वरंगमञ्चमा आफू अर्वपतिको लिष्टमा रहिराख्ने हो । यति भन्दा सजिलै विश्वास हुने वा विश्वास मान्ने अवस्था छैन । त्यसको लागि केही तथ्यहरुको तल दिईएकोछ,त्यसलाई अध्ययन गरौं ।
तथ्य नं एक ः मा १९८१ मा अमेरिकाबाट एउटा उपन्यास प्रकाशित भएको थियो,आजभन्दा ३९ वर्षअगाडि ( द आईज अफ डर्कनेस) यो उपन्यासमा लेखिएको छ कि लगभग सन २०१९को अन्यतिर र २०२०ल को सुरुवाती कोभिड नाइन्टीन नामको भाइरस देखा पर्नेछ । त्याहा भनेको छ की एउटामा महामारीको रुपमा देखा पर्नेछ । यसले केकुरा पुष्टि ग¥यो भने यो महामारिको कल्पना ३९ बर्ष पहिलै गरेर लेख्न समेत लगाइएको पुष्टि हुन्छ ।
तथ्य नं दूई ः सन २०१५ मा अमेरिकन गुप्तचर संस्था सी.आई.ए.ले एउटा रिपोर्ट बुझाएको थियो । त्यो रिपोर्टिङमा भनिएको छ कि २०२० कोरोना भाईरस महामारीको रुपमा देखिने सम्भावना छ । त्यसपछि ट्रम्प राष्ट्रपति भइसकेपछि कोरोना सुरुहुनु भन्दा केहि समय पहिला सि.आई.ए.ले ट्रम्पलाई पुनःस्मरण गराएको थियो,तर ट्रम्पले त्यो रिपोर्टको कुनै प्रवाह नगरेकोले अमेरिकामा आज भयावह अवस्था आएको भनेर तिव्र विवाद र बहसह भैरहेकाछन ।
तथ्य नं.तीन ः यो स्वास्थ्य क्षेत्र भन्दा अलि बाहिरको विषय हो सन २०१८ को विश्व बैंकको प्रक्षेपण (खर्च,ऋण,अनुदान विवरण)मा त्यहाँ कोभिट नाईन्टिन नामको शीर्षकमा रकम छुट्याइएको छ । कोभिट १९देखिनुभन्दा दुई वर्ष अगाडि नै यो शीर्षक छुट्याइएको छ । अहिले हेर्दा त्यो विवरणबाट त्यो शीर्षक हटाइएको छ र २०१८ को विवरण विश्वबैङ्कको ओएवसाईट वाट हटाइएको छ कीन ।
तथ्य नं.चार ः सन २०१९ अक्टोबरमा कोरोना देख्नु भन्दा तीन महिना अगाडि बिलगेटसको लगानीमा वनेको जोहन हप्कीन्स कलेज,स्वास्थ्य विभाग र विश्व आर्थिक मञ्चको सयुक्त चार घण्टा बैठक बसी निम्न निर्णयहरु गरेका थिए । १. अब २०२० को सुरुमै कोरोना भाइरसको माहामरी देखापर्नेछ ।
२. त्यसले विश्वको ८० देखि ९० प्रतिशत जनतालाई संक्रमित गर्ने छ ।
३. यो कम्तीमा पनि १८महिना चल्ने छ ।
४. यसले संसारका १६ करोड जनताको ज्यान लिने छ ।तस्बिर देखाएर सामाजिक सञ्जालमा प्रकाशित गरेको थियो ।
५.यसलाई नियन्त्रण गर्न विश्वव्यापी लकडाउनलाई अनिबार्य लागु गराउनुपर्छ ।
यीनिहरुले कसरी अगाडिनै आँकलन गरे के यीनीहरु जोतिस हुन ? यीनिहरुले यी पाँच निर्णय सार्वजनिक गरेको ठिक तीन महिनापछि चिनको बुहान शहरमा त्यो भाईरस देखिएको छ । अब सजिलै अाँकलन गर्नुहोस की १९८१ मा कल्पना गरेर लेख्नलगाएको उपन्यास देखि बिलगेट्सको पहलमा गरेको त्रीपक्षिय वैठकको निर्णय सम्म आउँदा त्यो भाइरस निगम पूँजीवादीहरुको ठुलो षडेन्त्र र डिजाइनमा आएको स्पष्ट हुन्छ । अब जिज्ञासा उत्पन्न हुन्छ कि यो सव किन गरिरहेका हालान । यसमा माफीयाहरुको ठुलो स्वार्थ लुकेको छ ।यो स्वार्थ के हो ? किन यस्तो मानविय अपराध गरिरहेका छन भन्ने कुुरा हामी सवैले वुझ्न जरुरी छ ।
अहिले विश्वका शक्ति राष्ट्रहरूको ठूलो प्रतिस्पर्धा छ । आर्थिक,राजनैतिक र सामाजिक क्षमताको हिसाबले कसले कसलाई कतिखेर उछिन्छ थाहै नहुने गरि दिन प्रतिदिन निरन्तर पश्चिमा र गैरपश्चिमा देशहरुविच तिव्र विकास भइरहेको छ । यो कुरा बिलगेट्स र निगमपूँजीवादका अमेरिकन माफियाहरुलाई पटक्कै चित्त बुझेको छैन । पश्चिमा देशहरुमा सबैभन्दा बढी अर्बपतिहरु बस्ने देश भनेको अमेरिका हो । अमेरिकामा अर्वपति माफियाहरू मिलेर फ्रेडल बैङ्क स्थापना गरेका छन । जुन बैंक अहिले पनि माफियाहरूको कब्जामा छ । अमेरिका यस्तो देश हो जुन देशको मुद्रा स्वएम् बिलगेट्स र तिनीहरुकै माफियाहरुले आफ्नो निजिी वैङ्कमा छाप्दछन । त्यो देशको सरकारले मुद्रा छाप्न पाउँदैन भर्खरै ट्रम्पले त्यो फ्रेडल वैङ्कलाई सरकारीगरण गरौं भन्दा ट्रम्पलाई गोलि हानियको काण्ड प्रचारमा आएको थियो । त्यहाँ माफियाहरु र सरकारबीच भएको अन्तरविरोध नै गोलिकाण्ड हो । यी माफियाहरूको देशहरु बाहेक अन्य गैरपश्चिमा देशहरु अगाडि बढेको यीनलाई पटक्कै मन पर्दैन । किन कि यसरी तिव्रगतिमा गैरपश्चिमा देशहरूले विकास गरे भने उनीहरूको अरबपति पद जतिबेला पनि चिप्लीन सक्ने देखिन्छ । त्यही भएर यो बिलगेट्स र त्यहाँको माफियाहरुले प्रत्यक्षरुपमा लड्न नसकेर यो जैविक लडाइँ सुरु गरेका छन । यतिवेला पहिलो फाएर चीनबाट सुरु भएको छ । अहिले चीन विश्वको नयाँ सुपरपावर देशको रुपमा आउदैछ । अर्थतन्त्र राजनीति दुवैमा चीन माथि छ,मेकानिकल मेनुफ्यक्चर इलेक्ट्रोनिक्समा चीन संसारमा कसैलाई टिक्न नदिने भयो । दोस्रो ः रुस हतियार टेक्नोलोजीमा रुसलाई अमेरिकाले भेट्नै सक्दैन,तेस्रो ः आइटी प्रविधिमा इन्डियाले धेरै प्रगति गरिरहेको छ । त्यस्तै दक्षिण कोरिया, मलेशिया,ल्याटिन अमेरिकामा व्राजील र अर्जेनटिना उदय भएका छन । एसियामा सिंगापुर,कतार यि सबैको आर्थिक स्थिती वलियो हुँदै गएको छ । उत्तरकोरियाा पनि प्राविधिमा धेरै अगाडि बढिसकेको छ । वार्ताको नाममा अमेरिका उसँग लतारिराखेको छ । यी देशहरुको सफलता बिस्तारै चुलिँदै गएका कारण अमेरिकन माफियाहरु ज्यान फालेर लडाइँमा लागेका छन अमेरिकन माफीयाहरूको लडाई दुई प्रकारले अगाडि बढेको छ । एउटा मानिसको ज्यान सिधै लिने हो,अर्को हु द्धारा भ्याक्सीन बनाएर विकासउन्मुख देशहरुलाई प्यारालाईज गराईदिने,प्रगति गर्न असक्षम बनाइदिने हो । यदि डव्युलु एच ओ भ्यम्सीनमा सफल भयो भने एकातिर अमेरिकालाई कुनै देशले उछिन्न सक्दैन भने अर्कोतिर प्रगतितिर लम्कीरहेका राष्ट्रहरु पनि विस्तारै धोस्त हुनेछन र प्रतिस्पर्धा गर्नसक्ने छैनन । बिलगेट्स र अमेरिकी माफियाहरु यति दुष्ट छन् कि सिंगो मानव जाति विरुद्ध नरसंहारमा अगाडि बढिरहेका छन ।
सामाजिक सञ्जालमा दुई हप्ता अगाडि एउटा समाचार आएको थियो अफ्रिकामा पोलियो थोपा भनेर खुवाउने र भ्याक्सीन दिने दुईवटै तरिकाद्वारा डब्लु.एच.ओ.ले अफ्रिकामा प्रयोग गरेको थियो । अहिले अफ्रिकामा पक्षघात को माहामारी चलिरहेको छ । विश्वस्वास्थ्य संगठनले विलगेट्स र अमेरिकाको एजेण्डामा ज्यान फालेर लागेको छ । विश्वस्वास्थ्य संगठन पनि बिलगेट्स र निगम पूँजीवादीमाफियाहरु द्वारा परीचालित संगठन नै हो । त्यो संगठनको आर्थिक लगानीमा ८० प्रतिशत देखि ९० प्रतिशत लगानी अमेरिका र विलगेट्स माफीआहरुकै छ । यति भन्दा अमेरिका र विश्वस्वास्थ्य संगठन बीचको अन्तर्विरोध केहो भन्ने जीज्ञासा उठ्न सक्छ । यहाँ अमेरिका र बिलगेट्सको मुख्य चाहाना के थियो भने कोरोना भाईरस चाइनिज भाईरस हू ले भनिदेवस् भन्ने थियो । या यो भाइरस वुहान ल्याववाट बनेको हो भनि चाईनालाई आरोप लगाई देवस् भन्ने थियो तर डब्लुएचओले बिनाकारण त्यो भन्न सकेन । रिसले चुर भएर माफियाहरुले अनुदान कटौती गर्छौं भनेर धम्क्याएका थिए अन्तरविरोध यही हो र सत्य पनि यही हो । विश्वस्वास्थ्य संगठनले आफ्नो अोयवसाईटमा यो भाइरसलाई पहिला कोभिट नाइन्टीन नाम राखेको थियो । अहिले त्यसलाई हटाएर सार्स कोभिट टु राखेको छ । यही हु को करेक्सन वाट भाईरस उत्पादन गर्नेमा चाइनाको कुनै भूमिका नरहेको विस्तारै पुस्टी हुँदै गइरहेको छ । सार्स भाईरस सन २००२ मै देखियको भाईरस हो । यो कसरि नयाँ हुन सक्दछ । यसो गर्नुुको पछाडी हामी सजिलै बुझ्न सक्छौं यिनीहरूले आफ्नो बदमासीको ढाकछोप गरिरहेका छन ।
सभ्यताको लडाइँ हो
विदेश मामिला सम्बन्धि नीति निर्माण गर्ने अमेरिकाको एउटा वैदेशिक समिति ले दुई हप्ता अगाडि नै चीनसँग हाम्रो सभ्यताको लडाइँ हो भनीसकेको छ । अमेरिकाले सभ्यताको लडाइँ भनेर विश्वयुद्धको औपचारिक घोषणा गरिरहेको छ । कारोनाको हल्ला अलि मत्थर हुना बित्तिकै विश्व युद्ध अगाडि बढ्ने संकेत देखिन्छ । सभ्यताको लडाई भनेर अमेरिकाले पश्चिमी देशहरुलाई मनोवैज्ञानिक रुपमा आफ्नो पक्षमा लिन खेजेको छ । जुनकुरा असम्भव छ । १९९३ मा हन्टिङ् डङ् नामक पुस्तक प्रकाशन गरेर सभ्यताको लडाइँ हो भन्दै २००१ मा अफगानीस्तानमा आक्रमण गर्यो, २००३ मा इराक माथि आक्रमण गर्यो,२०११ मा लिबियामा,२०१४ मा सिरियामाथि आक्रमण गरेर मुस्लिम सभ्यता ध्वस्त पार्न युद्ध सुरु गरेको थियो । हुनतः विलगेटस र माफीयाहरुले एकातिर सैन्य आक्रमण र अर्कोतिर जैविक हतियारको प्रयोग गरेर लडाइँ सुरु गरेका छन । उनिहरुकै निर्देशनमा हू ले विकासोन्मुख देशहरुमा भ्याक्सीनको नाममा जीवन भरि औसधी खुवाएर प्यारालाईज गराउने योजनामा लागेको छ । जनतालाई भौतिक रुपमै सिध्याउने जालमाछ ।
कताकता नयाँ समाचार पनि आएको छ कि मान्छेको शरीर भित्र अक्सिजन र आयोडिनको मात्रालाई कन्ट्रोल गरेर मान्छेको दिमागलाई समेत आफ्नो कन्ट्रोलमा राख्नका लागि चिम्स (मेमोरी) भ्याक्सिनको आविष्कार गरेको छ । जसलाई अहिलेको छन् नेओर्कले कन्ट्रोल गर्नेछ र चीप्सले मान्छेको दिमाग र शरीर लाई कन्ट्रोल गर्नेछ ,मान्छेको डेटा सवै चिप्स वनाउने कम्पनिको कन्ट्रोलमा रहने कुरा छ । निगमपूँजीवादी माफीयाहरु मान्छेको दिमागलाई समेत कन्ट्रोल गर्ने चिप्स भ्याक्सीन बोकेर आउँदै छन भन्ने कुरा आएको छ । यो कल्पना जस्तो लागेपनि यो विज्ञानले सावित गरिसकेको यथार्त कुरा हो । जैवीक हतियारको प्रयोग चीनवाट सुरुभएको छ । उसको आँकलन भनेको चीनको अर्थतन्त्र डामाडोल वनाउने हो । तर अमेरिकन माफियाहरुले आकलन गरे अनुसार चीनमा कोरोना भाइरस फैलिन पाएन । जसरी चिनियाँ राष्ट्रपति सी ले भनेका थिए वुहान सहरमा कोरोना आउनेछ भनी ५० वर्ष पहिले नै हल्ला गरिरहेका थिए । ”हामीमाथि आक्रमण हुन्छ भन्ने कुरा हामीलाई शंका थियो ।” चिनियाँ राष्ट्रपतिले भनेका थिए । जब चाइनाको सरकार प्रत्यक्ष जनतासँग जोडिएकोले यो संक्रमण चीनमा तीन महिना भन्दा माथि जान सकेन । यो तीन महिनाको लकडाउनले चीनका जनताको जी.डि.पी.९ प्रतिशतले माईनस भयो भने । यो अवस्था चीनमा यदि दुई वर्ष मात्र लम्बीदिएको भए चीनको अर्थतन्त्र पुरै तहसनहस हुन्थ्यो । यसैमा अमेरिकनहरु विफल भएर त्यो लडाइँ अमेरिका तिरै फर्कियो र अहिले सबैभन्दा बढी अमेरिकामा क्षति भइरहेको छ । यी माफिया निगम पूँजीवादीहरुलाई जनताको कुनै दया,माया हुँदैन यताका जनता हुन् या उताका, जुनसुकै देशका जनता भएपनि यिनीहरुलाई कुनै मतलब छैन र हुदैन पनि । जनतालाई कसरी लुट्न सकिन्छ,कसरी अरबपती बन्न सकिन्छ,कसरी स्ट्रक सामान बेच्न सकिन्छ, त्यतातिर मात्र यिनीहरूको ध्यान छ । यसका पछाडि अहिलेको उत्तर साम्राज्यवाद र त्यसका पाल्तु दलाल वा विश्व भरीका माफीयाहरुको ठुलो भुमिका छ । विश्वभरिका मानव जातिहरूको दुश्मन उत्तर साम्राज्यवाद हो भन्ने यसका असली सेवकहरुले विश्वभरि गरेको लुटपाट र आतंकबाट स्पष्ट हुन्छ । त्यसैले यो व्यवस्था जनतावाट तिरस्कृत भएको छ । यसको अन्त्य अबश्यमभावी छ ।
दुनियाँ लुट्ने गजबको सञ्जाल
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमै भनेका छन कि जनवरी भन्दा यता जति पनि मान्छेहरू मर्दछन् त्यो कोरोनाकोमा राख्नु भनेर डब्लुएचओले हामी लाई निर्देशन गरेको छ । हामी सबैलाई कोरोना मा राख्न बाध्य भएका छौं,भनेका छन । उनले यो कुरा संसदबाटै बोलेका छन । यसभन्दा अगाडि विश्व स्वास्थ्य संगठनको डेटाले टिभी रोग बाट संसारभरि बार्षिक ६ करोड मानिसहरूको मृत्यु हुन्छ,भनेको छ । मुटुरोगबाट मात्र पाँच करोड मान्छेहरूको मृत्यु हुन्छ । अन्य सबै रोगहरूबाट चार करोडगरी जम्मा वार्षिक १५ करोड मानिसहरूको मृत्यु हुन्छ ,भन्ने तथ्यांक छ ।,भने आज ती सबै मृत्युहरु कोरोनामा हाल्नुको उद्देश्य के हो ? यसको उद्देश्य भनेको जनतालाई भ्रम सिर्जना गर्ने, आतंकित पार्ने र जनता वैधानिक रुपमै लुट्न,े विश्वव्यापी लुट मच्चाउने उत्तर साम्राज्यवादी अमेरिका र त्यसभित्रका विलगेट्स माफियाहरुको सञ्जाल विश्वभरि नै छ । यसकाविरुद्ध केही डाक्टरले पनि गलत हो भनेका छन ।, जुन मिडियामा आउँदैनन । एलोपेथी उपचार प्रविधी पूर्णरुपमा फेल भइसकेको छ । आर.डी.टी र पि.सि.यार टेस्ट विधि सतप्रतिसत फेल भैसकेका छन । आरडिटी त फेलनै भैहाल्यो । पीसियार पनि वैज्ञानिकले भनेकाछन पिसियार कुनै भाईरसको रिसर्चमा प्रयोग गर्न वनाईएको मेसिन हो यसले भाईरस पत्ता लगाउन सक्दैन,भनेपछि यो विधि पनि फेल हो र पैसा लूट्न प्रयोग गरेको स्पस्ट देखिन्छ ।
आयुर्वेदिक उपचार गरेर निको भई धेरै संख्यामा घर फर्कीसकेका छन ,तर यो समाचार मिडियामा आउँदैन किन की यो भित्र ठुलो लुटको खेल चलिरहेको छ । नेपालका नेता देखि स्वास्थ्य संजाल,काउन्सील र केही विग मिडिया हाउसहरुलाई समेत खरिद गरेर पुरै समाचार लुकाएर जनतालाई आतंकीत वनाईरहेकाछन यतीसम्मकी ठुलावडालाई कोरोना लागेको हल्ला गरेर,जस्तो प्रचण्ड,वादल आइसोलसनमा,विनोद चोधरीलाई कोरोना भनेर प्रपोगण्डा मच्चाई रहेका छन । यतिवेला आयुर्वेदिक अस्पतालहरुले पूर्णरुपमा कोरोनाको उपचार गरेर सञ्चो गराइरहेका छन । आयुर्वेदीक डाक्टरहरुले भनिरहेका छन की यो सामान्य रुगाखोकी जस्तै इन्फ्लुएन्जा हो । यसलाई ठूलो बनाउन आवश्यक छैन भनिरहेका छन । त्रिभुवन विश्वविद्यालयको आयुर्वेदिक अस्पतालबाट धेरै कोरोना रोगीहरुलाई उपचार गरेर घर फर्कासकेका छन । तर यसलाई माफियाहरुले प्रचारमा ल्याउँनैदिएका छैनन । किनकी सन्चो भएपछि जनतालाई लुट्न सकिँदैन र यो प्रचारवाट माफीयाहरुलाई फाइदा छैन । सरकारका उच्च ओहादाका कर्मचारी देखि सिडियो डिएस पी,सरकारी हाकीम सम्म आयुर्वेदिक डाक्टरले दिएको जडिवुटी खान्छन तर लुट्नको लागि यलोपेथि प्रचारमा ल्याईरहेका छन । आयुर्वेद डाक्टर र अएवको हैसियत समान खडदारलेवल वनाएर आयुर्वेदमा लाग्ने डाक्टरहरुलाई डोमीनेट गरेका छन र जनताकै मनोविज्ञानलाई आयुर्वेद उपचार नै होइन भन्ने जनताको मनाविज्ञान यो सरकारले पार्न वाध्य पारेको छ ।
अस्ति भर्खरै डब्लुएचओले कोरोनाको नाममा खर्च गर्ने भनेर १० लाख डलर पहिलो चोटि नेपालमा पठाएको छ । पछि कति पठायो त्यो था थाहा भएन । यस आर्थिक वर्षमा सरकारकोतर्फबाट नेपालमा १५० अर्ब कोरनाको नाममा खर्च गर्ने योजना बनाएको छ । यो वर्षभित्रै सरकारले कोरोनाको नाममा झण्डै ४२ अर्ब खर्च गरिसकेको छ । यसबाट कोरनाको नाममा जम्मा १० देखि १५ प्रतिशतमात्र खर्च भएको छ बाँकी सबै भष्टचार भएको छ । यिनीहरुले जेजति खर्च गर्यौं भने पनि यो गलकुरा हो । यदि यिनीहरु इमान्दार छन् भने सालाखाला डेटा प्रस्तुत गर्नु भन्दा पनि एउटा श्वेतपत्र जारी गरेर यो शीर्षकमा यति खर्च भएको भनेर भन्न सक्नु पर्दथ्यो तर यिनीहरु मात्र होइन माफियाहरूको नेटओेर्क माथिबाटै छ । यदि यिनीहरु माफियाको एजेन्ट होइनन् भने,यीनिहरु माफीयाको स्वार्थमा लागेका छैनन भने, यिनीहरूले आफ्नो धारणा के हो राख्न सक्नु पथ्र्यो तर राख्न सकेनन किन ? डब्लुएचओ र अमेरीकी साम्रज्यवादी माफियाका यास् म्यन किन भएकाछन ? जस्तो डब्लुएचओले पहिला यो भाइरसको नाम कोभिड नाइन्टिीन भन्यो यीनिहरुले उहि भने , पछि उसले होईन यो भाईरस सार्स २ भन्यो फेरी यीनीहरु होमाहो मिलाए । माक्स अनिवार्य प्रयोग भन्ये यीनीहरुले यास भने,पछि आवसेकछैन भन्यो फेरी यीनिहरुले यास् भने भन्यो, यसमा पनि यास् भने, के यीनिहरुको आफ्नो मत छैन, आफ्नो धरातल छैन,आफ्नो हैसियत छैन,जे हु ले भन्यो त्यही खुरु खुरु मान्नुको पछाडी यीनीहरुलाई यास्म्यान वनाईएको छ । यीनीहरुले चुपचाप कार्यान्वयन गरेपछि अलिकति लाभ यिनीहरुलाई पनि मिलिरहेको छ त्यही भएर चुपचाप कार्यान्वयन गरीरहेका छन ।
यस्तो छ लुटको धन्दा
पहिलो ःऐले डब्लु.एच.ओले अनिवार्य पी.सि.आर अनिवार्य भ्याक्सीन भनेको छ । अहिले पीसियार गर्न नेपालमा प्राइवेटमा ५ देखि १५ हजारसम्म लिने गरेकाछन । १२ हजारको रेसीयो राखी हिसाब गर्दा १२ हजार एकजनावरावर भए २ करोड ७० लाख जनसंख्यालाई गुणा १२ हजार गर्दा ३ खर्ब २४अर्ब रुपिया पि.सी.यार.को नाममा जनतालाई लुट्दै छन ।
दोस्रो ः भ्याक्सीन वाट प्रत्यक नेपालीलाई कम्तीमा ३ सट हान्दा एउटा सटको ५०० राखेमा १५ सय हुन आउँछ । १५ सय गुणा २ करोड ७० लाख ग¥यौं भने ४० अर्व ५० करोड हु्न्छ यो भ्याक्सीन वाट लुट्ने योजना हो ।
तेस्रो ः क्वारेन्टिन बाट लुट्ने योजना अनुसार सरकारले सबै बिदेशिएका नेपाली नागरिकहरूलाई घर फर्काउने, पाँचतारे होटेलमा क्वारेन्टिन बनाउने । जसमा १ लाख ५० हाजार जती जनता फर्किन्छन । मात्र एक रातको १० हजार भाडालिने रे ,दुई हप्ता अनिबार्य बस्नुपर्ने र अरु खानपीन गरेर साडे ३ लाख जति पैसा कमाउनको लागि सरकार ढडिया थापेर वसेको छ । चौभरी गू्रपको होटेलले १लाख ५० हजारमा क्वारिन्टीन भनि विज्ञापन गरेको छ । त्यसैलाई आधार मानेर हिसाव गर्दा १ लाख ५० हजार गुणा १लाख ५० हजार गर्दा रु २२ अरव ५० करोट विदेशवाट आउने नेपालीबाट लुट्छन ।
चौथो ः २३ अर्बका पि.सि.यार मेसिन आईसकेका छन जम्मा १ खर्बका मेसिन ल्याउने योजनामा छ । यो सरकारले नै जानकारी दिएको विषय भयो ।
पाँचौ ः यतिवेला सरकारले १५० अर्ब कोरोनाको नाममा खर्च गर्ने सरकारको योजना छ । अब पाँचवटा लुटहरूको जोड ग¥यौ भने जम्मा ६ खर्ब ३७ अर्ब हुन आउछ । भने भागा २ करोड ७०लाख जनतालाई गर्दा प्रति व्यक्ति २४ हजार टाउको भार थपिन्छ । तपाइईको घरमा ५ जनु परिवार छ भने माफीयालाई एक लाख वुझाउनु पर्छ यो मात्र दुई वर्ष लम्वीने हो भने जनताको हालत के होल आकलन गर्न गाह्रो छ । यसरी लुट मचाई रहेकाछन ।
निश्कर्ष ः
नेपालमा चैत्र १२ गते देखि लगडाउन छ । यसको प्रत्यक्ष असर निम्नवर्गका काम गरिखाने,भाडावाला जनना र मध्यमवर्गका व्यापारीहरुलाई अलि बढी नै संकट परेको छ ।,जसले सटर भाडामा लिएर व्यापार गरिरहेका छन ।,यिनीहरूको जीवन पुरा संकटमा पर्दै गईरहेको छ । व्यापार गर्न पाएका छैनन् तर घरबेटीहरुले नियमित भाडा मागेर सताइरहेका छन । बैङ्कहरुले ब्याज र रिण चुक्ता गर्न ताकेता समेत गरिरहेको छ । अब लगडाउन अलिकति मात्रै बढाउने हो,भने जनता,व्यापारी सवै पलायन तथा आत्महत्या गर्ने वातावरण सम्म पुग्ने छन । जनता भोकभोकै मर्ने सम्भावना छ ।कोरोनाले भन्दापनि आतंकले मर्ने सम्भावना वढिरहेको छ । अहिले हाम्रा अगाडी कोरोना चुनौती आएको छ यसलाई जीत्न प्राप्त मनोवल इम्युन पावरको खाचो छ । शारिरीक व्ययामको जरुरी छ यती कुरा मीलायौं भने हामी कोरोनालाई साच्चिकै जित्न सक्छौ । तर देशको स्थिति ठिक उल्टो छ । सामान्य जनतालाई भोग,रोग र तनाव छ, आतंक छ ,मनोवल एकदम कमजोर भएको छ । विकल्प बिनाको लकडाउन थोपरेको छ । हामी यस्तो अवस्थामा आफै उभिन गारो भएको वेला हामी कसरी कोरोनासँग लड्न सक्छौ ? कोरोना खासै केही होईन यसबाट आयुर्वेदिक डक्टरहरुले ९९प्रतिशत सन्चो गराएर घर विरामी फीर्ता गरिरहेका छन । अब एलोपेथी पुरै खारेज गरिदिनुुपर्छ किनकी यो कोरोना उपचारमा पूर्ण असफल सिद्ध भइसकेको छ । यसलाई प्रयोग गरेर नेपालका दलाल माफियाहरुले ठूलो कालो धन्दा गरिरहेका छन । जनतालाई संकट छ । कोरोनाको नाममा दलालहरुले अरबौं कमाइसकेका छन । उनलाई दसैं जस्तो भएको छ । अझै जति लकडाउन हुन्छ त्यतिनै धेरै भ्रष्टाचार गर्न पाउने सम्भावना देखेका छन् । यति ठूलो ब्रमलुट गरेका छन् कि राज्यकोष पुरै रित्तो बनाइसकेकाछन । र जनता चुस्नलागिरहेका छन । यो भाइरसबाट हाल सम्म नेपालमा जति मान्छे मरेका छन ,त्यो भन्दा पाँच गुणा बढी भोकमरि र आत्महत्या गरेर मरेका छन । यो लगडाउन भोकमरी,अशिक्षा,बेरोजगारी,आत्महत्या र संकटको मुख्य कारक बनेकोछ । आफूले सामाजि तथा भौतिक दूरी कायम गरेर रोग लाग्न बाट बचउँ ।,यदि रोग लागिहाल्यो भने पनि नआत्तिकन ः आयुवेर्दीक डक्टरका गएर जडिबुटी सेवन गरौं । नियमित व्यायाम गरौं र कोरोना भगाऔ यो माफियाहरूको अपराधिक योजना लगडाउनलाई खारेज गरौ ।
अब त कम्तिमा सडकमा आउनुहोस् केही दिन अगाडि जर्मनका ५ सय डाक्टर र बैज्ञानिकहरुले यो हू को लकडाउनको विश्वव्यापी निन्दा गरिरहेका छन । नेपालमा पनि यसको भण्डाफोर गरौँ । हामी हाम्रो स्वस्थ्यकोे जिम्मा आफै लिन सक्छौ । हाम्रो यीम्युन पावर बलियो बनायौं भने हामी कोरोना लाई सजिलै जित्न सक्छौं । लकडाउन संगै साम्राज्यवादीहरूका पाल्तु र गुलामी गर्ने दलाल एजेण्टको रुपमा रहेको नेपालको संसदीय व्यवस्था अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना गरौँ । कोरोनाको विकल्प लगडाउन र संकट होइन इम्युन पावर र मनोवल वढाऔं कोरोना भगाऔं ।