logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

किन, प्रचण्डले प्रकाश र वादललाई नामावली हेर्न दिएनन्


  • राजनीति
  • शनिबार, जेष्ठ १२ २०७५

एकतामा जादा बनाउने केन्द्रीय सदस्य छनोट गर्न तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ प्रकाश र रामबहादुर थापा बादल ५ जेठमा ५ घन्टा छलफलमा बसे ।

२३५ जनाको सूची तयार भयो । अझै नाम छुटेको भन्दै नेताहरुको गुनासो थियो । प्रचण्डले ‘सूची बनाउँछु, बसेर फाइनल गरौंला’ भन्दै दुई नेतालाई आश्वासन दिए ।

यधपी श्रेष्ठ र बादलले सूची हेर्नै पाएनन् । ७ जेठमा बसेको नेकपाको सचिवालय बैठकमा प्रचण्डले २०० केन्द्रीय सदस्यको सूची पेश गरेका थिए तर, श्रेष्ठ र बादलले त्यहाँ पनि हेर्न पाएनन् । सचिवालयले नाम टाइप गरेर पठाउँछ भनियो ।
श्रेष्ठ र बादलले पटक पटक ताकेता गर्दा पनि केन्द्रीय सदस्यहरुको सूची हेर्न पाएनन् ।

भोलिपल्ट केही सञ्चार माध्यममा आयो । फेरि पार्टी महासचिवले जारी गरेको सूचीमा केही हेरफेर भएको भेटियो ।

तत्कालीन माओवादीका एक नेता भन्छन्, ‘केन्द्रीय सदस्य छनोटलाई लिएर पार्टीमा असन्तुष्टि तीव्र बनेको छ ।’

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार