राजनीति
सरकारले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकार नियुक्त गरेको छ । खतिवडालाई मन्त्रीस्तरीय सुविधा उपलब्ध गराउने गरी नियुक्त गरिएको हो ।
केहि दिन अगाडि यस्तो समाचार आएको थियो
सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आजबाट अर्थमन्त्रीबाट विदा हुदै गरेका डा. युवराज खतिवडालाई आफ्नो प्रमुख सल्लाहकार बनाएर सबै मन्त्रालयको अनुगमन गर्ने जिम्मेवारी दिन लागेका छन् ।
राष्ट्रियसभा सदस्यको लागि नेकपाले उपाध्यक्ष वामदेव गौतमको नाम सिफारिश गर्ने निर्णय भएसँगै अहिले जारी मन्त्रिपरिषद बैठकले गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिश गर्दै छ ।
गौतमको नाम सिफारिश भएसँगै खतिवडा मन्त्रीबाट विदा हुनेछन् । तर, प्रधानमन्त्री ओलीले उनलाई आफ्नो सल्लाहकार बनाएर सबै मन्त्रालयको अगुमन गर्ने अधिकारसहितको जिम्मेवारी दिने तयारी गरेका छन् । खतिवडा ‘डि-फ्याक्टो पिएम’को रुपमा पूनः सिंहदरबार फर्किनेबारे अहिले गाँईगुँई चलेको छ।
को को बन्दैछन मन्त्री
सत्तारुढ दल नेकपाको हिजो मात्र बसेको सचिवालय बैठकको परिणाम स्वरुप भर्खरै मात्र अर्थमन्त्री डा युवराज खतिवडाले राजिनामा दिएकाछन । उनि प्रधानमन्त्री ओलीका प्रीय र बिश्वासपात्र मानिन्छन् । उनको बहिर्गमनले ओलीलाइ परेको संकटको सहज अनुमान गर्न सकिन्छ ।
यसै बिचमा नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतम पछिल्लो समय पार्टीभित्र रङ्गको एक्का सावित भएका छन् । उनले जसलाई साथ दियो उही शक्तिशाली हुने अवस्था छ । अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गौतमले साथ नदिंदा सत्ता संकट बढेको थियो । तर, तिनै बामदेवको साथले उनको सत्ता जोगियो ।
अहिले बामदेव राष्ट्रियसभामा जाने विषय लगभग निश्चित भइसकेको छ । उनैले विगतको पार्टी निर्णय भन्दै यसलाई कार्यान्वयन गर्न माग गरेका थिए । तर, बामदेव राष्ट्रियसभा सदस्य बन्नका लागि मात्र सरकारमा जान लागेको होइनन् भन्ने निश्चित भइसकेको छ ।
यतिबेला उनी अर्थमन्त्रीको दाबेदार रहेको चर्चा चलेको छ । दुईपटक गृहमन्त्री भइसकेका उनी किन अर्थ मन्त्री बन्न चाहे ? यो प्रश्न तेर्सिएको छ ।
यतिबेला अर्थमन्त्री डा. युवराज खतिवडाको राजिनामा पछि गौतमको मार्ग प्रसस्त भएको छ । यसकारण मात्र बामदेवको ध्यान अर्थमा गएको होइन ।
खतिवडा नेकपाभित्र निकै आ’लोचित छन् । उनी प्रधानमन्त्री ओलीका प्रीय भएपनि ओलीनिकटस्थले नै मनपराउँदैनन् । राजनीतिक पृष्ठभुमिबाट नआएकाले उनको कार्यशैलीले नेकपालाई भविष्यमा नकारात्मक असर पर्ने विश्लेषण भइरहेको छ । लोकप्रीय काम उनको पालामा खासै हुन सकेन । बरु कतिपय कारणले उनी आलोचित भए । प्रतिनिधिसभा चुनाव हारेका बामदेव राष्ट्रियसभामा जान खोज्दा आलोचित नहुनुमा उनले अर्थमन्त्री दाबी देखाउनु पनि कारण हो । नेकपाभित्र अर्थमन्त्रीको बर्हिगमनको पक्षधर धेरै छन् । जुन भावना बुझेर बामदेवले कार्ड फालेका छन् ।
अर्थमन्त्री भएमा कतिपय लोकप्रीय काम गरेर पार्टी पंक्तिभित्र र बाहिर समेत मन जित्न सकिने बामदेवको विश्वास रहेको बुझिएको छ । उनले यसलाई आफ्नो राजनीति अझ मजबुत बनाउने अवसरका रुपमा लिन खोजेका छन् । तर, नेकपाभित्र उनलाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बन्ने बाटो सहज छैन । चुनाव हारेको भएकाले कानुनी अड्चन पनि हुनसक्छ । अर्कोतर्फ, प्रधानमन्त्री ओली समेत उनलाई अर्थमन्त्रीको जिम्मेवारी दिइहाल्ने पक्षमा सकारात्मक देखिइसकेका छैनन् ।
हिजो सम्पन्न सत्तारूढ दल नेकपाको सचिवालय बैठक पछि नया मन्त्री मन्डलको चर्चा र बहस सुरुभएको छ । एक स्रोतले राजनीतिलाइ दिएको जानकारी अनुसार अर्थमन्त्री वामदेव गौतम , गृहमन्त्रीमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र परराष्ट्रमा भिम रावल फिक्सड जस्तै भएको जनाएको छ ।