logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

तरुण दलका सभापति गुरुङ पक्राउ


  • राजनीति
  • शनिबार, जेष्ठ १२ २०७५

सुनसरी-  तरुण दल नेपाल सुनसरीका सभापति सिजन गुरुङ पक्राउ परेका छन् ।

शुक्रबार राति इलाका प्रहरी कार्यालय इटहरीको टोलीले गुण्डागर्दी तथा जग्गा कब्जा गरेको आरोपमा उनलाई पक्राउ गरेको हो ।

तरहराकी तीर्थकुमारी गिरीको १० धुर जग्गा कब्जा गरेको र सो जग्गामा बनाइएको घरबाट २०६८ सालदेखि भाडा असुल्दै आएको लागेको आरोपलाई नेता गुरुङले भने खण्डन गर्दै सो जग्गा आफ्नै भएको दाबी गर्दै आएका छन् ।

पक्राउ परेका गुरुङमाथि अनुसन्धान सुरु भएको प्रहरीको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार