logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

महराले पार्टीको जिम्मेवारी पाउदै , के होला उनको जिम्मा


  • राजनीति
  • शुक्रबार, असोज २ २०७७

पूर्व सभामुख तथा नेकपाका नेता कृष्णबहादुर महरा माथीको पार्टी कारवाही फुकुवा हुने भएको छ । गत वर्ष असोजमा महरामाथी संसदकै एक कर्मचारीमाथी यौ,न दु ब्र्य वहार भएको आ’रोप लागेपछि उनीमाथी सत्तारुढ दलले सभामुख पदबाट राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको थियो ।

सभामुख भएपछि तत्कालिन अवस्थामा महरा कुनै पार्टीको सदस्य थिएनन् । उनले पार्टी सदस्यबाट राजीनामा दिएका थिए । सभामुख निश्पक्ष हुनुपर्ने मान्यताका आधारमा जो सभामुख भएपनि पाटीबाट राजीनामा दिएर जानुपर्ने हुन्छ । महराले पनि तत्कालिन एमाले माओवादी केन्द्रका बिचमा पार्टी एकता नहुदैं सभामुख बनेका कारण तत्कालिन माओवादी केन्दबाट राजीनामा दिएका थिए । महराले पार्टीले गरेको आग्रहका कारण पदबाट राजीनामा दिए । केही समय हि’रासत पनि बसे, जेलमा पनि पूर्पक्षमा बसे ।

तर अहिले उनीमाथीको आ’रोपमा अदालतले निर्दाेष रहेको भन्दै सफाई समेत दिइसकेको छ । यो सँगै उनको निलम्बित संसदको सदस्य पद उनलाई मिलीसकेको छ । तर महराले सफाई पाएसँगै उनको राजनीतिक पार्टी र जिम्मेवारीका विषय के हुने ? केही समय देखि यो विषयले चर्चा पाईरहेको छ ।

पार्टीले उनीमाथी औपचारिक का’रवाही नगरेपनि नैतिक रुपमा उनी कार’वाही भएका नेताका रुपमा छन् । तत्कालिन माओवादीमा महरा सिनियर नेताहरुमध्येकै एक थिए । वर्षमान पुन, जर्नादन शर्मा, देव गुरुड लगायतका नेताहरु भन्दा महरा सिनियर नै थिए तत्कालिन माओवादीको जिम्मेवारीमा ।

तर अब सभामुखको जिम्मेवारीमा नरहेका कारण उनको पदीय जिम्मेवारी के हुने ? उनले आफ्नो जिम्मेवारीका विषयमा पटक पटक अध्यक्ष प्रचण्डसँग भेट गरेर जिज्ञासा गरिरहेका छन् । नेकपामा अहिले उनी केन्द्रीय कमिटिको कुनै पनि जिम्मेवारीमा छैनन् ।

स्थायी समिति सदस्य रहेका अग्नि सापकोटा भने अहिले सभामुख छन् । सभामुख भएपछि सापकोटाले उक्त जिम्मेवारीबाट राजीनामा दिईसकेका छन् । उक्त पद अहिले पनि रिक्त छ । तत्कालिन एमाले माओवादी एकता हुँदा केन्द्रीय समितिमा २४१ एमाले तर्फका र २ सय जना माओवादी तर्फका नेताहरु सम्मिलित भएर केन्द्रीय समिति बनेको थियो ।

त्यस्तै स्थायी समितिमा २६ जना पूर्व एमाले र १९ जना पूर्व माओवादी नेता रहेर स्थायी समिति बनेको थियो । पूर्व माओवादी कोटाका अग्नि सापकोटा सभामुख हुन गएपछि उनको स्थान रिक्त रहदा एक सिट खाली नै छ ।

नेकपाले अहिले पार्टी स्थायी समिति बैठकबाट पारित गरेको एउटा बुँदाले महरा माथीको कारवाही फुकुवा हुने र जिम्मेवारी पाउन सम्भावना देखाएको छ ।

दुई अध्यक्षले प्रस्ताव गरेको र स्थायी समितिले पारित गरेको दुई अध्यक्षको प्रस्तावमा पार्टीमा माग भई आएका अनुशासनात्मक का’रवाही गर्नुपर्ने वा कारवाही फुकुवा गर्नुपर्ने विषय यथाशीघ्र टुंगो लगाउने विषय पनि समावेश भएकोले महरामाथीको का’रवाही फुकुवा हुने संकेत नेकपाले देखाएको छ । उक्त कुरा दुई अध्यक्षले हस्ताक्षर गरी २९ भदौंमा जारी गरेको अन्तर पार्टी निर्देशन ५ को पेज ७ मा पनि उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार