logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

ताईवानमा अमेरिकी चलखेल चिनद्धारा १८ युद्धक बिमानको गस्ती


  • एजेन्सी
  • सोमबार, असोज ५ २०७७

अमेरिकी कूटनीतिज्ञको ताइवान भ्रमणकै बेला चिनियाँ सरकारको मुखपत्रको रुपमा रहेको ग्लोबल टाइम्समा ताइवानलाई चेतावनी दिँदै एक लेख प्रकाशित गरिएको छ।

उक्त लेखमा ताइवानकी राष्ट्रपति साइ इंग–वेनले अमेरिकासँग घनिष्ठ सम्बन्ध गाँस्न चाहेको विषय उल्लेख गरिएको छ।

यस विषयमा पत्रिकामा ताइवानकी राष्ट्रपतिको कुनैपनि उत्तेजक गतिविधिले चीनको कानुन उल्लंघन भए युद्ध हुने र साइ इंग–वेन निष्काशित हुने चेतावनी दिइएको छ।

अमेरिकी विदेश मन्त्रालयका उच्च अधिकारी किथ क्र्याच बिहीबार मात्र ताइवान पुगेका छन्। चीनले यस भ्रमणलाई वैधानिकता दिएको छैन किनभने चीनले ताइवान आफ्नो भूभाग भएको दाबी गर्दछ।

आफूले दाबी गर्दै आएको भूभाकमा अमेरिकाले गतिविधि बढाएपछि चीनले ताइवान र अमेरिका दुवैलाई चेता’वनी दिन सैन्य अभ्यास पनि थालेको छ।

शुक्रबार मात्र १८ चिनियाँ विमान ताइवानको हवाई क्षेत्रमा उडेका थिए। आज शनिबार पनि चीनका १९ युद्धक विमान ताइवानको हवाई क्षेत्रमा प्रवेश गरेको ताइवानले पुष्टि गरेको छ

चीनले ताइवानलाई आवश्यक परे आ’ क्रमण गरेरै नियन्त्रणमा लिनसक्ने बताइरहँदा अमेरिकाले ताइवानसँगको सम्बन्धलाई बढावा दिँदै आएको छ।

ताइवानले पनि आफूले चीनको भनाइ नमान्ने र आफू स्वतन्त्र देश भएको बताउँदै आएको छ। अमेरिकी र ताइवानको कदमबाट चीन सन्तुष्ट छैन।

यसबीचमा चीनको मुखपत्रको रुपमा रहेको ग्लोबल टाइम्समा ताइवानलाई चेतावनी दिँदै लेख प्रकाशित गरिएको हो।

केही समय अगाडि मात्र चीनका राष्ट्रपति सी चिनफिङले ताइवान चीनबाट अलग्याउन चाहने समूहबाट खतरा उत्पन्न भएको बताएका थिए।

उनले चिनियाँ जनमुक्ति सेनलाई युद्धको अभ्यास सुरु गर्न निर्देशन दिएका थिए। यसबीचमा ताइवानले पनि आफ्नो सैन्य शक्ति बढाउँदै लगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार