logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

विप्लव विद्रोहको राजनीतिक समाधान गर्नु पर्दछ : कृष्ण प्रसाद सिटौला

मुलुक अर्को द्वन्द्वमा जाने खतराको संकेत


  • राजनीति
  • आइतबार, जेष्ठ १३ २०७५

सरकार बाहिरको दल नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले मुलुक राज्यसत्ताको नीतिगत त्रुटीका कारण विप्लव विद्रोहको जन्म भएको तर्फ संकेत गरेकाछन ।

जेठ १३ गते राजधानीमा केही पत्रकारहरुसँगको भेटका क्रममा सिटौलाले विप्लवको विद्रोह आतंकका रुपमा फैलिएको बताए । चुनाव ताका सुरु भएको उसका हिंसात्मक गविविधि अझ बढेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

भर्खरैको भेटमा प्रधानमन्त्रीको पनि ध्यानाकर्षण गराएको उल्लेख गर्दैै कांग्रेस नेता सिटौलाले भने, विप्लव विद्रोहको राजनीतिक समाधान के हो ? प्रशासनिक समाधान के हो ? सरकारले समयमै ध्यान देओस् ।’

मुलुक अर्को द्वन्द्वमा नपरोस् भन्दै उनले राजनीतिक रुपमा छलफल गरेर समाधान खोज्न सरकारलार्इ सुझाएका छन् ।

शान्ति सम्झौता हुँदा विप्लवको समेत सहमति रहेको भन्दै उनले त्यसबाट बाहिर रहन नहुने भन्दै उनलार्इ पनि आग्रह गरे । कांग्रेस नेता सिटौलाले भने, ‘संयोगले भेट भयो भने म विप्लवलाई पनि भन्छु, यो बाटो नहिड्नुस् र व्यवस्थाको विरोध शान्तिपूर्ण रुपमा गर्न पाइन्छ ।’

एउटा कम्युनिष्ट पार्टीले हिंसात्मक गतिविधि गरिरहँदा अर्को कम्युनिष्ट नेतृत्वको सरकारले भने नीतिगत अराजकताको संकेतहरु देखाएको उनले बताए । नेता सिटौलाले भने, ‘केन्द्र, प्रदेश र स्थानीय सरकारहरुले एउटै विषयमा फरक फरक निर्णय गर्दा नीतिगत अराजकता हुन्छ, शिक्षामा यो देखिएको छ ।’ तर, अहंकारको बाटो लिए सरकार आफैं पतन हुने चेतावनी दिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार