logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

जनविश्वास माटोमा मिल्ने देखियो : लेखनाथ न्यौपाने


  • राजनीति
  • बुधबार, असोज ७ २०७७

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका युवा नेता तथा खरो वक्ता लेखनाथ न्यौपानेले जनताले राज्य भएको अनुभुती जनताले गर्न नपाएको धारणा सार्वजनिक गरेकाछन । सामाजिक संजाल फेसबुकमा एक स्टाटस अप्लोड गर्दै नेता रामलखन जैसवालको घटनाले राज्यको निकम्मापनको अभिव्यक्त गरेको आसय व्यक्त गरेकाहुन ।

पुर्व चर्चित बिद्यार्थी नेता समेत रहेका न्यौपानेले यस्ता घ’टनाहरु घ’टिरहने हो र यसको बारेमा सरकार मुकदर्शक मात्र भैरहनेहो भने पार्टी प्रतिको बिश्वास माटोमा मिल्ने भनाइलाइ प्रष्ट पारेकाछन ।

नेता न्यौपानेको स्टाट्स

#राज्य छ भन्ने प्रत्याभूति तुरुन्त चाहियो
हे ! नेकपाको अध्यक्ष केपी ओलीले नेतृत्व गरेको संघीय सरकार, हे ! जनयु’द्धको कमाण्डर वादलले नेतृत्व गरेको गृह प्रशासन
हाम्रो नागरिक रामलखन जयसवाल (६३ वर्ष) जो हामी आर्फैले विगत ७ वर्षदेखि जेल (केन्द्रीय का’रागार, सुन्धारा काठमाडौं) मा थुनेका थियौं, उनको मृ’त्यु÷ह’त्या (श’व हेर्दा धेरै दिन पहिला नै ज्या’न गएको जस्तो देखिन्छ) भयो । मृ’त्यु कोरनाको कारण भनिए पनि शवको प्रकृति (घाँटीमा का’टिएको चो’ट हुनु, टाउकोमा चो’टहरु र रग’त बगिरहेको देखिनु, आँखा नभएको देखिएको एवं शरिरभरी ठूल्ठूला फोकाहरु) हेर्दा मृ’त्यु कारोनाको कारणले मात्र हो भन्ने देखिदैन ।

मृ’तककी छारीले सार्वजनिक गरेकी भिडियो गहिरोगरी हेर्दा बन्दीको मृ’त्यु कोरनाबाट भएको भनेर मात्र पुग्ने आधार छैन । त्यसकारण गृहमन्त्रीले आजै विश्वासिलो, इमान्दार र मेघाबी विज्ञसहितको चुस्त टोली बनाउन, तुरुन्त छानविनमा खटाउन र चौबिस घण्टाभित्र रिर्पोट लिएर घट’नाको तथ्य–सत्य सार्वजनिक गर्न, पी’डितका परिवार एवं आम नागरिकलाई तुरुन्त राज्य भएको विश्वास दिलाउन आग्रह गर्दछु ।

विभिन्न घ’टनाहरुमा राज्य नभएको अनुभूति नागरिकहरुमा परिरहेको बेला यो घ’टनामा पनि राज्य चुक्यो भने राज्य, राजनीति र राजनीतिक पार्टीप्रतिको जनविश्वास माटोमा मिल्ने प्रक्रिया तीब्र हुन् सक्छ ।
#बेलैमा पहल लियौं_जनविश्वास नगुमाऔं

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार