logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

कुलमानका समर्थकलाइ पाखे भन्दै कड्किए सुर्य थापा


  • राजनीति
  • बुधबार, असोज ७ २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कुलमान घिसिङका कारण नेपालमा लोडसेडिङ अन्त्य भएको भन्नेहरुलाई पाखे र सन्तुलित विचार नभएको संज्ञा दिएका छन् । हिजो राति प्राईम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सल्लाहकार थापाले यस्तो टिप्पणी गरेका हुन् ।

पत्रकार धमलालेले कुलमानजीकै कारण नेपालमा लोडसेडिङ अन्त्य भएको हो नि ? भनेर प्रश्न सोध्दा थापाले यस्तो बताएका हुन् । उनले भने,‘त्यसो भन्नेहरु एक पाखे हुन् । उहाँहरुको त्यो सन्तुलित विचार, बुझाई र दृष्टिकोण होईन् ।’ थापाले अघि भनेका छन्,‘कुलमानजी भगवान होईन, उहाँ मानिस हो । तपाईं मानिस हो । म मानिस हो । हाम्रो प्रधानमन्त्रीज्यू मानिस हो । कुलमानजीपनि मानिस हो । जनताले सडकमा उत्रिएर भगवान भनेपनि हामीले भगवान भन्छौं त । हामी मान्छे हो ।’

सुर्य थापाको उक्त अभिव्यक्तिलाइ अहिले सामाजिक संजाल भरी ब्यापक बिरोध भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार