संसारमा यस्ता मानिस धेरै छन्, जसले आफ्नो फाइदाका लागि अन्य व्यक्तिको ज्यान पनि दाउमा राखिदिन्छन् । दक्षिण पूर्वी एशियाली देश भियतनाममा यस्तै घ’टना सार्वजनिक भएको छ ।
यहाँ, प्रहरीले प्रयोगमा आइसकेका ३ लाख २५ हजार क’ण्डम बरामद गरेको छ । यी क’न्डमलाई पानीमा धोएर नयाँ क’ण्डम भन्दै बेच्ने गरिएको थियो । यो क’ण्डम देशको दक्षिणी प्रानत बिन्ह दुुओङस्थित एक गोदाममा एक दर्जन ब्यागमा भरेर राखिएको थियो ।
भियतनामको सरकारी टिभी च्यानल विटीभीको रिपोर्टअनुसार क’न्डमले भरिएका यी ब्यागहरुको वजन ३ सय ६० किलो छ । यस गोदामका मालिकका अनुसार उनले अज्ञात व्यक्तिबाट हरेक महिना प्रयोग भइसकेका क’न्डमको ब्याग लिने गरेका थिए । प्रहरी छा’पाका दौरान प’क्राउ परेकी एक महिलाले दिएको बयानअनुसार प्रयोग भइसकेका यी क’ण्डमलाई पहिलो उम्लिएको पानीमा हाल्ने गरिन्थ्यों, त्यसपछि सुकाइन्थ्यों ।
महिलाका अनुसार त्यसपछि यस क’ण्डमलाई काठको लि’ङ्गमा राखेर फेरि पुरानै आकार दिइन्थ्यों । त्यसपछि फेरि प्याकेटमा भरेर बेच्ने गरिन्थ्यों । टिभी च्यानलका अनुसार प्रयोगमा आएका यस्ता कति क’ण्डम फेरि बिक्री भयो भन्ने विषय अहिले खुलेको छैन । महिलाका अनुसार उनले जति किलो क’ण्डम बनाउथिंन्, त्यहीअनुसार पैसा आउथ्यों ।
स्थानीयका अनुसार होटल र पसलहरुमा यी क’ण्डमको बिक्री हुने गरेको थियो । जनस्वास्थविद्हरुका अनुसार क’ण्डमलाई एकपटक प्रयोग गरेपछि तत्कालै नस्ट गर्नुपर्ने हुन्छ ।
स्रोत : बीबीसी