logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

ओम्नीको पक्षमा सर्बोच्चको आदेश


  • राजनीति
  • सोमबार, असोज १२ २०७७

सर्वोच्च अदालतले सरकारले कालोसूचीमा राखेको ओबिसीआई लिमिटेड प्रालि (ओम्‍नी) को पक्षमा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश पुरुषोतम भण्डारीको एकल इजलासले स्वास्थ्य सामग्रीमा अनियमितता र विवादमा तानिएको ओम्‍नीकै पक्षमा हुने गरी सोमबार अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्चले ओम्‍नीलाई कालोसूचीमा राख्‍ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश गरेको छ । सरकारले कालोसूचीमा राख्‍ने निर्णय गरेपछि सोविरुद्ध सञ्चालक पारस केसीले सर्वोच्चमा रिट दायर गरेका थिए । असोज ९ गते ओम्‍नीकातर्फबाट सर्वोच्चमा रिट दायर भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार