logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

मालेमावाद : राज्यको उत्पति र विकास


  • कलम विश्वकर्मा 'दिपेन्द्र'
  • मंगलबार, असोज १३ २०७७

मालेमावादका तिनवटा संघटक अङ्ग हुन। यी एक अर्कामा सम्बन्धित हुन्छन्। दर्शनले प्रकृति र समाजमा घट्ने घ’टनाहरुको दन्दात्मक र एेतिहासिक भौतिकवादी ढंगले अध्ययन,अनुसन्धान,विश्लेषण र शष्लेषण गर्दछ।

राजनितिक अर्थशास्त्रले राज्यको उत्पादन प्रणाली ,उत्पादन,उपभोग र वितरणका क्रममा मानिसहरु बिच कायम हुने आर्थिक सम्बन्ध,वर्ग सम्बन्ध,वर्गको उत्पति र वर्ग सँघर्ष बारे गहिरो अध्ययन अनुसन्धान गर्छ। वैज्ञानिक समाजबादले मानव समाजको उत्पति,मानव समाज र मानव समाज विकासका बिभिन्न अवस्थाहरुको बारेमा एेतिहासिक भौतिकवादी ढँगले अध्ययन गर्दछ। आदिम साम्यवादी युगलाई छाडेर आजसम्मको मानव जातिको ईतिहास वर्ग सघर्षको ईतिहास हो भन्ने माक्स-एङ्गेल्सको बैज्ञानिक निष्कर्षलाई आत्मसातिकरण गर्दछ।यसरी मालेमावादले तथ्यको आधारमा अध्ययन,अनुसन्धान र निष्कर्ष दिने भएकाले यो समाज बिज्ञान हो।

राज्यको उत्पति र विकास कहिले र कसरी भयो? भन्ने कुरा जानकारी पाउन मानव समाजको आदिम साम्यवादी युग,दास युग,सामन्ती युग र पुँजीवादी युगको अध्ययन र बिष्लेषण गर्न जरुरी हुन्छ। आदिम साम्यवादी युगमा वर्ग,निजि सम्पति र राज्यको जन्म भएको थिएन । समाजमा धनी गरीव, सानो ठुलो भन्ने भेद’भाव पनि थिएन। उत्पादन शक्तिको विकासले क्रमश आवश्यकता भन्दा वढी अतिरिक्त उत्पादन हुन थाल्यो। अतिरिक्त उत्पादन कब्जा गर्ने क्रममा नै आदिम साम्यवादी युगको गर्भवाट दास युगको जन्म भयो। दास युगबाट नै वर्ग ,निजि सम्पति र राज्यको उत्पति भएको थियो। दास युगमा राज्य मालिक र दास दुईवटा वर्गमा विभाजित थियो‌।मालिकहरुले प्राकृतिक साधन स्रोत मात्र होईन दासहरुलाई पनि पशुसरह किनबेच गर्ने अधिकार पाएका थिए।राज्यको आडमा मालिकहरुले दासहरु माथि निर्मम ढंगले दमन गर्दथे जसका कारण दास मालिकहरु बिचमा झगडा भैईरहन्थ्यो। मालिकहरु बिरुद् दासहरु पटक पटक बि’द्रोह गर्दथे।

स्पाटाकसको नेतृत्वमा भएको ठुलो बि’द्रोहले मालिकहरुको निंरकुशतामा आधारित दास मालिक राज्यको पतन भयो। दासहरु मालिकहरुको दासतावाट मुक्त भए। दास मालिकको निरंकुश राज्यको पतन र त्यसको गर्भवाट सामन्ती राज्यको जन्मभयो। सामन्ती राज्यमा सामन्त र भुदास दुईवटा वर्ग देखा परे। सामन्ती युगमा, दास युगको मालिक वर्ग ,सामन्त वर्ग र दास वर्ग, भुदास वर्गमा वदलिन पुगे। सामन्ती राज्यले धर्मलाई राज्य संञ्चालनको मुख्य आधार बनायो‌। जन्मजात उत्तराधिकारी मार्फत राज्य चलाउन थाल्यो। भाग्य ,पुर्वजन्म ,पुनरजन्म,पाप र पुन्य जस्ता अन्धबिश्बासको आधारमा राज्यको निति वनाउने र लागु गर्ने काम गर्यो। धनी र गरीव हुनु पुर्वजन्मको फल हो र शासक वर्ग ईश्वरको अवतार हो भन्ने अबैज्ञानिक दृस्टिकोणलाई मानव समाजमा जबरजस्त थोपर्न पुग्यो।यसरी सामन्ती राज्यले सामन्त र जमिन्दारको वर्गिय हितलाई बलियो बनायो। गरीब किसान,भुदासमाथि निर्म’म द’मन गर्यो।किसानहरुले सामन्ती राज्य बिरुद् बि’द्रोह गरे। बि’द्रोहबाट सामन्ती राज्य ढल्यो।

सामन्ती राज्यको गर्भवाट पुँजीवादी राज्यको जन्म भयो।पुँजीवादी राज्यमा मजदुर र पुँजीपती दुईवटा वर्ग जन्मिए।पुँजीवादी युगमा सामन्त वर्ग, पुँजीपती वर्ग र किसान वर्ग, मजदुर वर्गमा वदलिए। यसरी दासयुग देखि पुँजीवादी युगसम्म आउदा पनि शो’षणमा आधारित राज्यको वर्गिय स्वरुपमा परिवर्तन भएको छैन।दास युग,सामन्ती युग,पुँजीवादी युगहरुमा राज्य मालिक,सामान्त र पुँजीपती बर्गको वर्गिय हितमा काम गर्ने र दास,भुदास किसान र मजदुरलाई दमन गर्ने साधन मात्र भयो। यी सबै राज्यमा श्रमजीवी वर्गको श्रम शो’षण कायमै रह्यो। पुँजीपती वर्गले सेना,प्रहरी,कर्मचारी,अदालत र कानुनको बलमा शाशन गर्छ र शासन ब्यवस्थाको बिरुद आउने शक्तिहरुलाई दमन गर्छ। नेपालका सन्दर्भमा माहान जनयुद् र एेतिहससिक जनआ’न्दोलनपछि सामन्ती राजतन्त्रको अन्त्य त भयो तर गणतन्त्रको नाममा दलाल पुँजीपती वर्गले राज्य सँञ्चालन गरेको छ। मजदुर किसान,मध्यमवर्ग र देशभक्तहरुलाई दमन गरिहरेको छ ।

भ्रष्टाचारी,राष्टघा’ती,जनघा’ती,ह’त्यारा र वल’त्कारीलाई सँरक्षण गरिरहेको छ। अत यो राज्य दलाल पुँजीपती वर्गको राज्य हो। दलाल पुँजीपती वर्गको राज्यलाई परिवर्तन गरेर श्रमजीवी वर्गको राज्य बनाउन सवै अग्रगामी,वामपन्थी,देशभक्त शक्तिहरु एकजुट हुन आवश्यक छ।

राज्य गतिशिल र परिबर्तनशिल छ। आदिम युगको पतन पछि, दास युग दास युगको पतन पछि, सामन्ती युग,सामान्ती युगको पतन पछि, पुँजीवादी युग र पुँजीवादी युगको पतन पछि, समाजवादी,साम्यवादी युगको उदय हुने कुरा ईतिहास सिद् छ।शोषक र शोषित बिचको वर्गसँघ’र्षले नै मानव समाज र राज्य गतिशिल भएको छ। दास युगमा मालिक र दास बिच,सामन्ती युगमा सामन्त र किसान विच,पुँजीवादी युगमा पुँजीपती र मजदुर विचमा हुने वर्गसँघ’र्षले नै राज्य परिवर्तन भएका छन्‌।संन१८७१मा पेरिसमा मजदुर र पुँजीपती वर्ग बिचको वर्गसघ’र्षले सफलता हासिल गरेर ७१ दिनसम्म सर्वहारावर्गको राज्यसत्ता चलेको थियो। पेरिस कम्युनको नामले चर्चित सर्वहारा वर्गको राज्य सत्ता लामो समय टिक्न सकेन।पुँजीपती वर्गले प्रतिक्रा’न्तीबाट फेरी शासनको बागडोर आफ्नो हातमा लियो। सन१९१७मा लेनिनको नेतृत्वमा पुँजीवादी रुसमा भएको मजदुर र पुँजीपती वर्गको स’घर्षले पुँजीवादी रुसलाई समाजवादी रुसमा वदलेको थियो। रुसको समाजवादले बिश्बभरि समाजवादको प्रचारप्रसारमा महत्वपुर्ण योगदान गरेको थियो‌।रुसमा पनि स्टालिनको मृ’त्यु पछि खुश्चेवको नेतृत्वमा प्रतिक्रा’न्ति भयो र रुसमा पुँजीवादको पुनरावृति भयो।सन१९४९मा माआेको नेतृत्वमा अर्दसामन्ती र अर्दऔवनिवेशिक चिनमा सामन्त र किसान विच भएको सघ’र्षले चिनलाई जनवाद हुदै समाजवादमा पुर्याउन सफल भयो। यसरी ईतिहासमा शासक वर्ग र शाषित वर्ग बिचको सघ’र्षले नै राज्यको परिवर्तन भएको छ।

पुँजीवादी राज्य श्रमजीबी वर्गको रगत पसिना चुसेर वाँचेको छ । पुँजीबादी राज्यलेे रोग भोक र गरीबको समस्या समाधान गर्न सक्दैन‌। पुँजीवादी राज्य नाफाखोर पुँजीपती वर्गको राज्य हो।ईतिहासदेखि वर्तमान सम्म श्रमजीबी वर्गले निरंकुश,सामन्ती र पुँजीवादी राज्य विरुद् निरन्तर स’घर्ष गरेको छ ।श्रमीकवर्गको सघ’र्षले नै राज्य परिवर्तन भएका छन। पुँजीवादी राज्य परिबर्तन गरेर समाजवादी राज्य स्थापना गरेपछि मात्र श्रमजीबी वर्गको मुक्ति र सम्मान हुन्छ। क्षमता अनुसारको काम र आबश्यकता अनुसारको दामको निति लागु हुन्छ।

संसारका श्रमजीवी वर्गले समाजवादी राज्यको लागि स’घर्ष गर्न जरुरी छ। त्यसैले आउनुहोस बैज्ञानिक समाजबादी राज्यका लागि लडौ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार