राजनीति
नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेकपाको नेतृत्वमा समृद्धिको सपना देख्नु भ्रम मात्रै भएको बताएका छन्।
थापाले पाँच वर्षसम्म अहिलेको सरकारको गतिविधि हेरेर सहयोग गर्ने पनि बताए।
नेपाल तरुण दलद्वारा आज यहाँ आयोजित तरुण भेलालाई सम्बोधन गर्दै उनले सरकारको पाँचवर्षे गतिविधि हेर्ने बताएका हुन्।कांग्रेसले राजनीति जितेको भएपनि चुनाव हारेको भन्दै पुरानो ढर्रा र सोचबाट पार्टी अगाडि बढ्न नसक्ने थापाले बताए।
भेलालाई सम्बोधन गर्दै नेता प्रदीप पौडेलले लोकतन्त्रको पहरेदारी गर्दै संविधान कार्यान्वयनमा प्रतिबद्ध भएर लाग्ने बताए। रासस