logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

एमसीसीको हेडक्वार्टरमा खतिवडाको नियुक्ति


  • राजनीति
  • बिहिबार, असोज १५ २०७७

सरकारले मुख्यसचिवमा शंकरदास बैरागीलाई नियुक्त गरेको छ । भर्खरै सम्पन्न क्याबिनेट बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीको राजीनामा स्वीकृत गरेर परराष्ट्र सचिव बैरागीलाई मुख्यसचिवमा बढुवा गरेको हो ।

यस्तै सरकारले निवर्तमान अर्थमन्त्री र लगत्तै प्रधानमन्त्रीको बिशेष आर्थिक सल्लाहकार बनाइएका डा.युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत तोकेको छ । बेलायतका लागि जनआस्थाले एक महिनाअगाडि लेखेको समाचार पुष्टि हुनेगरी लोकदर्शन रेग्मी राजदूत तोकिएका छन् ।

आजको बैठकमा समावेशी सहभागिताको कुरा उठेकैले कोरिया,ब्राजिल लगायतका देशमा राजदूत तोकिन सकेन । यसका लागि भोलि फेरि बैठक बस्न सक्ने बताइन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार