logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

महरालाई स्थायी समितिमा ल्याउने नेकपाको तयारी


  • राजनीति
  • शुक्रबार, असोज १६ २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पुर्व सभामुख कृष्णबहादुर महरालाई स्थायी समिति सदस्य बनाउने तयारी गरेको छ।

४५ सदस्यीय नेकपाको स्थायी समितिमा अग्नि सापकोटा सभामुख बनेपछि एक पद रिक्त छ। त्यसैले महरालाई स्थायी समिति सदस्य बनाउने गृहकार्य भइरहेको नेकपा स्रोतले जनाएको छ।

अब बस्ने सचिवालय बैठकले यो निर्णय गर्नसक्ने नेकपा श्रोतले जानकारी दिएको छ । उनी सभामुख हुनुअघि तत्कालीन माओवादी केन्द्रको प्रभावशाली स्थायी समिति सदस्य थिए।

२०७४ मंसिर २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा दाङ -२ बाट निर्वाचित महरा सोही वर्षको फागुन २५ गते सभामुखमा निर्वाचित भएका थिए । महराले २०७६ असोज १४ गते पदबाट राजीनामा दिएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार