logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

काेराेना पुष्टि भएपछि नेता केसीकाे भावुक टिप्पणी


  • राजनीति
  • आइतबार, असोज १८ २०७७

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आफुसहित केही नेतामा कोरोना संक्रमण भएको रिपोर्ट सार्वजनिक भैसक्दा पनि पार्टीले खबर नगर्नु दुःखद रहेको बताएका छन् । शनिबार केसीसहित केही कांग्रेस नेताहरुमा कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

उनले १५ गते नेपाली कांग्रेसको पार्टी कार्यालयमा गरिएको स्वाव संकलनको रिपोर्टको नतिजा रातोपाटी लगायतका सञ्चारमाध्यामहरुबाट थाहा पाइएको तर पार्टीले अझै खबर नगर्नु दुःखद भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत नेता केसीले कोरोना पोजेटिभ रिपोर्ट आएलगत्तै आफु सेल्फ क्वारेन्टाइनमा रहेको र आफुसँग सम्पर्कमा आएका साथीहरुलाई परीक्षण समेत आग्रह गरेका छन् । उनले आफ्नो स्वास्थ्य ठिक रहेको समेत जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार