राजनीति
पोखराको फेवातालमा तिब्र हावाहुरीका कारण डुगां पल्टिदा एक जना बेपत्ता भएका छन ।
आईतबार दिउसो सवा ३ बजे डुगां पल्टिदा एक जना बेपत्ता भएका छन भने ४ जनालाई सशत्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ ।
आईतबार दिउसो सवा ३ बजे डुगां पल्टिदा रामेछापका १८ बर्षिय सुप्रिम लामा बेपत्ता रहेका छन भने सिन्धुलीका १८ बर्षिय बिशाल थापा, काठमाडौं सितापाईलाका १७ बर्षिय अनिल रोक्का, भक्तपुरका १९ बर्षिय मन्दिप मल्ल, र सोही ठाउँकै १७ बर्षिय शुनिल कुँवरको सशत्र प्रहरी नायब उपरिक्षक गौतम राज कुँवर नेतृत्व १५ जनाको उद्धार टोलीले सकुशल उद्धार गरेको हो ।
बेपत्ता रहेका लामाको सशत्र प्रहरीको गोताखोरको साथमा खोजिकार्य तिबै पारिएको स्रोतले जनाएको छ ।
तिब्र हावाहुरीका कारण पल्टिएको डुगांमा सयर बेपत्ता लामा सहित अन्य सकुशल उद्धार भएका ४ जना काठमाडौंबाट हिजो मात्र पोखरा घुम्न आएका थिए ।