logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

उपत्यकामै काेराेनाबाट १२ जनाकाे मृत्युु आजै १९ जनाकाे ज्यान गयाे


  • राजनीति
  • सोमबार, असोज १९ २०७७

पछिल्लो २४ घण्टामा कोरोनाबाट काठमाडौं उपत्यकाका १२ सहित १९ जनाको मृत्यु भएको छ। काठमाडौंका ७३, ८१ र ८३ वर्षीया महिला, २६, ६५, ६७, ७८, ८१ र ९१ वर्षीय पुरुष र ललितपुरमा ३ वर्षीय बालकसहित ५५ र ७१ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ८९ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा २४ सय ४० जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ८९ हजार २६३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

२३ हजार ५०७ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ११ हजार १९१ जना रहेका छन् भने होम आइसोलेसनमा १२ हजार ३१६ जना छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार ०३३ जना रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३ हजार ७८१ नमूनाको पीसीआर परीक्षण भएको छ। सोमबार ११ सय ३३ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ६५ हजार २०२ पुगेको छ।

आइसीयूमा २४४ र ४३ भेन्टिलेटरमा जनाको उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट ५५४ जनाको मृत्यु भएको छ। सोमबार मात्रै १९ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार