logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नेबिसंघको आ’क्रमणबाट त्रिबिका प्राध्यापकको खुट्टा भाँ’चियो


  • राजनीति
  • मंगलबार, असोज २० २०७७

नेपाली काङ्ग्रेसको भातृ संगठ नेपाल विद्यार्थी संघको एक समूहले त्रिभुवन विश्वविद्यालयका एक उप-प्राध्यापक माथि रड प्रहा’र गरेको छ।

मंगलबार त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका उप-प्राध्यापक प्रेम चलाउनेमाथि नेविसंघको एक समूहले रड प्रहार गरेको हो।

विश्विद्यालय केन्द्रीय क्याम्पस परिसरभित्रै रहेको नेपाल बैंक लिमिटेडको शाखा कार्यालयबाट विभागतर्फ गइरहेका उप-प्राध्यापक चलाउनेलाई नेविसंघका कार्यकर्ताले बाटैमा रोकी आ’क्रमण गरेको विभागका एक उपप्रध्यापकले जनाकारी दिए।

आ’क्रमणबाट गम्भीर घा’इते भएका उप-प्राध्यापक चलाउनेको अहिले मेडीसिटी अस्पतालमा उपचार भइरहेको छ। उनको दाहिने खुट्टा भाँ’चिएको र देब्रे खुट्टा र टाउकोमा ग’म्भीर चोट लागेको ती उपप्रध्यापकले जानकारी दिए।

‘तर्साउने हिसाबले भन्दा पनि ज्यानै लाने हिसाबले आ’क्रमण भएको देखिन्छ’, राजनीति सँग कुरा गर्दै ती उप-प्राध्यापकले भने, ‘उहाँको अवस्था गम्भीर नै छ, अहिले उपचार भइरहेको छ।

विभागीय प्रमुखको नियुक्तिको विषयलाई लिएर डेढ महिनादेखि विभागको कार्यालयमा तालाबन्दी गरेका नेविसंघका कार्यकर्ताले यसअघि पनि उनलाई धम्क्याउँदै आएको बताइएको छ।

नेविसंघका कार्यकर्ताले आफ्नाे पक्षका टीका गौतम विभागी प्रमुख हुनुपर्ने भन्दै आ’न्दलोलन गर्दै आइरहेको उनले जानकारी दिए। अहिले समाजशास्त्र केन्द्रीय विभागको प्रमुखमा प्रध्यापक युवराज लुइँटेल छन्।

यता महानगरीय प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंहले आ’क्रमणको जानकारी प्रहरीमा आएको र घ’टनाबारे अनुसन्धान भइरहेको जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार