logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

प्रचण्डका मान्छेलाई मन्त्री हुनै नदिने , नारायणकाजी विरुद्ध पनि रिट हाल्दै


  • राजनीति
  • आइतबार, कार्तिक २ २०७७

सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजीबिरुद्ध पनि उपाध्यक्ष तथा राष्ट्रिय सभाका मनोनित सांसद वामदेव गौतम बिरुद्धको मुद्दा सर्वोच्चमा विचाराधीन रहेकै बखत नेकपा प्रवक्ता तथा नेता नारायणकाजी श्रेष्ठ बिरुद्धको रिटसमेत दर्ता गर्न लगिएको छ । प्रतिनिधि सभाको निर्वाचनमा पराजित व्यक्ति राष्ट्रिय सभामा सांसद र मन्त्री हुन नपाइने जिकीर लिँदै गौतम र श्रेष्ठबिरुद्ध अदालतको ढोका ढक्ढकाइएको हो ।

गौतमबिरुद्धको मुद्दा संवैधानिक इजलासले हेरिरहेको छ । सर्वोच्च अदालतका अधिकांश न्यायाधीश कोरोना सङ्क्रमणको कारण क्वारेण्टिन र आइसोलेसनमा बसेपछि उक्त मुद्दाको पेशी एकै चोटी कात्तिक अन्तिम सातालाई सरेको छ । गौतमको तर्फबाट बहस गरेका कानुन व्यवसायीहरूको लिखित जवाफ भोलि ? अदालतमा पेश हुने बुझिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार