राजनीति
सरकारले अबदेखि कोभिड १९ को परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने बताए पछि चाैतर्फि सरकारकाे चर्काे आलाेचना भइरहदा प्रदेश ५ का मुख्य मन्त्री शंकर पाेखरेलले आफ्नाे प्रदेश मातहतका सबै अस्पतालहरुमा काेराेनाकाे उपचार नि शुल्क हुने बताएका छन् ।
आधिकारिक फेसबुक पेजमा स्टाटस राख्दै मुख्यमन्त्री पाेखरेलले उक्त कुरा जानकारी गराएका हुन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आर्थिक रुपमा विपन्न, अशक्त तथा असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचरी, सुरक्षाकर्मी लगायतको मात्रै सरकारले परीक्षण र उपचार गर्ने बताएका हुन् । उनीहरुमा पनि लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गरिने बताएकाे थ्याे ।
यस्तो छ पाेखरेलकाे स्टाटस
लुम्विनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका विरामीका लागि निशुल्क उपचारको व्यवस्था यथावत रहेको छ ।