logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

संक्रमणको खतरा बढेपछि नेकपा दैलेखको यस्तो पहल


  • राजनीति
  • बुधबार, कार्तिक ५ २०७७

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको ‌नेपाल कम्युनिस्ट पार्टी दैलेखले दैलेखका तीन पालिकाहरुमा कोरोना रोकथाम सघाउने स्वास्थ्य सामग्री बितरण गरेको छ ।

आठबीस नगरपालिकाको वडा नं १ सात्तला, वडा नं ६ सिहासैन र ठाँटीकाँध गाउँपालिकाको वडा नं ६ तौलिपाटा आग्र, वडा नं ५ लामामेला वडा नं १ नदाई, शिराडी वडानं ५ को गैरेगाउँ र गुराँस गाउँपालिकाको स्यालभैरीका जनसमुदायलाई सेनिटाईजर र मास्क वितरण गरेको हो ।

विजया दशमी नजिकदै गर्दा जिल्ला वाहिरबाट आवतजावत वढी हुने भएकाले कोभिड १९ जोखिम हुनसक्ने र त्यसवाट जनतालाई वचाउनको यो सहयोग गरेको जिल्ला इञ्चार्ज दिपेन्द्रले जानकारी दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी दैलेखको योजना र नेकपाको बिद्यार्थी संगठनको पहलमा करिब तीन लाख बराबरको सहयोगमा ती सामग्री वितरण गरिएको बताइएको छ ।

गुराँस गाउँपालीकामा जिल्ला सेक्रेटरी मादुरो, आठबीस नगरपालिकामा सुदर्शन तथा प्रकाश र ठाँटीकाँध गाउँपालिकामा शँकेत, शरद र प्रतिक्षाको अगुवाइमा बितरण गरिएको नेकपा दैलेखले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार