राजनीति
भर्खरै रिहा भएका नेता बालकृष्ण ढुंगेलले अदालतको बेन्चमा कानुनको वलत्कार हुदा आफू जेल जानू परेको बताएका छन । एक थाल मीठो भात र एक प्याक ब्राण्डेड रक्सिमा मानव अधिकारको कुरा उठाउनेहरुको बारेमा जनताले जान्ने पर्ने धारणा राखेका उनले जे सुकै भए पनि जनताको पक्षमा उभिने धारणा राखेका हुन । जे जस्तो भए पनि सहिदको रगत बेचेर नखाने र खानेहरुको पछि लाग्न पनि नसकिने कुरा प्रष्ट पारेका छन ।
द्वन्द्वकालमा उज्जनकुमार श्रेष्ठको हत्याको आरोपमा ७ महिना पहिला जेल पठाइएका बाककृष्ण ढुंगेलव आज जेल मुक्त भएका छन । जेल मुक्त भए लगत्तै पेरिस डाडा पुगेर उनले सम्क्षिप्त सम्बोधन गरेका छन । उनले यो रिहाइ पहिलो र अन्तिम पटक नभएको बताएका छन । जब जनताको सेवा गर्ने भन्नेहरु शासन सत्तामा पुगेर शोषण गर्न थाल्छन तब बालकृष्ण पुन जेल पठाइनेछन भनेर आफू जनताको पक्षमा उठ्ने हरेक मुद्दामा समर्थन रहने कुरा दोहोर्याएकाछन ।
द्वन्द्वकालमै उनी साढे सात वर्ष जेल बसेका थिए। तत्कालिन पुनरावेदन अदालतले उनलाई सफाई दिएपछि छुटेकोमा पछि सर्वोच्चले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो।
उनलाई गत कात्तिक १४ गते उनलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा ४० प्रतिशत कैद भुक्तान गरेपछि बाँकी कैद माफी हुने प्रवाधानअनुसार उनी छुट्न लागेको बताइएको छ ।
सरकारको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले ८ सय १६ कैदीको कैद मिनाहा गरेकी हुन्। गणतन्त्र दिवसको अवसरमा कैद माफीको निर्णय भएको बताइएको छ।
राष्ट्रपति कार्यालयद्वारा हिंजो बेलुका जारी विज्ञप्तीमा भनिएको छ ‘आज मिति २०७५ साल जेठ १४ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट मन्त्रिपरिषद्को सिफारिसमा एघारौं गणतन्त्र दिवस, २०७५ को उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका तेम्बा शेर्पासमेत ८१६ (आठ सय सोह्र) जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी भएको छ ।’