logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

एसियामा कोरोना भाइरसको जीनमा परिवर्तन अब यस्तो हुनेछ


  • राजनीति
  • बुधबार, कार्तिक १२ २०७७

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ २० देखि ४० वर्ष उमेर समूहका मानिसबाट सबैभन्दा बढी फैलिएको बताएको छ।

बजार आउदैछ प्रतिक्षा गर्नुहोला

यी उमेर समूहका अधिकांशं मानिसलाई संक्रमण भएको समेत थाहा नहुने हुनाले पनि संक्रमण फैलन सक्ने खतरा बढ्दै गएको भन्दै डब्ल्युएचओले चिन्ता व्यक्त गरेको हो ।

रोगी र अत्यधिक जनघनत्व रहेको स्थानमा अझ बढी जोखिम रहेको भन्दै थप सतर्कता बढाउन संगठनले जोड दिएको छ ।

यसैबीच, उत्तर अमेरिका र एसियाका केही क्षेत्रमा कोरोना भाइरसको जीनमा परिवर्तन आएको एक अध्ययनले देखाएको छ । सो परिवर्तन अत्याधिक संक्रामक हुनसक्ने भएपनि कम घातक रहेको पनि पत्ता लागेको हो ।

सङ्क्रमक रोगको अन्तर्राष्ट्रिय समाजका अध्यक्ष पाउल टेम्वियाले केही देशमा भाईरसको जीनमा आएको परिवर्तनले त्यहाँ मृत्युदर कम देखिएकाले कम घातक हुँदै गएको देखिएको बताए ।

कोरोनाबाट हालसम्म विश्वभर २ करोड १७ लाख ७० हजार बढी संक्रमित भईसकेका छन् भने ७ लाख ७२ हजार बढीको मृत्यु भइसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार