राजनीति
राजधानीको एयरपोर्ट नजिकै अति वेस्त सडक तिनकुनेमा सडक दुर्घटना भएको छ । भर्खरै मात्र भएको दुर्घटना हेर्दा निकै ठूलो घटना हुन बाट जोगिएको देखिन्छ । बानेश्वर तिर बाट आएको बा ३ ख ४७३१ को गाडी गलत मार्गमा प्रबेश गरि एयरपोर्ट तिरबाट आएको बा १ ख ९५५६ नम्बरको गाडिलाइ ठक्कर दिएको हो । ठक्करबाट ९५५६ नम्बरको गाडिको अगाडिको भाग पुर्णतया ध्वस्त भएको छ । तर सयोगवश मानविय क्षति हुन बाट भने जोगिएको छ ।