राजनीति
वीर अस्पतालको आकस्मिक कक्षमा कार्यरत १६ जना चिकित्सकले आज सामूहिक राजीनामा दिएका छन्।
राजीनामा दिएका १६ जना चिकित्सकहरुले यसअघि आफूहरुले अघि सारेका मागहरु पूरा नभएको आरोप लगाएका छन् । र, उनीहरुले अस्पतालका निर्देशक डा. केदार सेन्चुरीसमक्ष राजीनामा बुझाएका हुन्।
पत्रमा अस्पतालले दसैंको भत्ता नदिएको, तलब दिँदा एकदिनको कटौती गरिएको, हप्ताको ९६ घण्टा काममा खटाइएको उल्लेख छ।
