सुशन्त सिंह राजपूत स्टारर फिल्म ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’ मार्फत् बलिउडमा आफ्नो करियरको सुरुवात गर्ने नायिका कियारा आडवाणीलाई ‘करिब सिंह’ मा उनको भूमिकाले स्टार बनाइदियो । कियारा अक्षय कुमारसँग फिल्म ‘लक्ष्मी’ मा पनि देखिनेछिन् जुन रिलिजको संघारमा छ ।
‘लक्ष्मी’ को रिलिज अघि कियारा आडवाणीको एउटा भिडियो सार्वजनिक भएको छ जसमा उनले आफूलाई से’क्सभन्दा मज्जा लाग्ने ती तीन चीजबारे बताएकी छिन् ।
कियाराको यो भिडियो ‘ट्वीक इन्डिया’ ले सेयर गरेको छ । यसमा नायिकाले केही रमाइला प्रश्नको जवाफ दिइरहेकी छिन् ।
कियारालाई यति बेला प्रश्न सोधियो, ‘यदि तपाईंलाई कुनै किरा बन्ने मौका पाएमा के बन्न चाहन्छिन् ?’ यसको जवाफ दिँदै नायिका भन्छिन्, ‘क्याटरपिलर ता कि पछि पुतली बन्न सकूँ ।’
त्यसपछि नायिकालाई सोधियो, ‘ती कुन तीन चीज हुन् जसलाई तपाईं से’क्सभन्दा उत्कृष्ट मान्नुहुन्छ ?’ यसको जवाफ दिँदै नायिकाले भनिन्, ‘शानदार पिज्जा, शपिङ र एउटा राम्रो फिल्म ।’
कियारालाई थप सोधियो, ‘के तपाईंको जीवनमा कुनै ड’रलाग्दो घटना घटेको छ, जसमा तपाईं मृत्युको मुखमा पुग्नुभएको थियो ?’ यसको जवाफमा उनी भन्छिन्, ‘जब म कलेजमा पढ्थेँ तब म आफ्ना साथीसँग घुम्न गएकी थिएँ । त्यतिबेला हाम्रो कोठामा आगलागी भएको थियो । यो निकै नै डर’लाग्दो घ’टना थियो र मलाई लागेको थियो कि त्यो दिन मेरो ज्या’न नै जा’न सक्थ्यो ।’