logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रधानमन्त्रीमाथि खतरनाक करवाहीको प्रतिक्षा..: गोकुल बाँस्कोटा


  • राजनीति
  • मंगलबार, कार्तिक २५ २०७७

k"j{dGqL afF:sf]6f sfe|]knf~rf]s, !) ;fpg . dbg e08f/L kmfp08];g sfe|]knf~rf]såf/f zlgaf/ ag]kfdf cfof]lht lhNnf e]nfnfO{ k"j{dGqL Pj+ g]skfsf s]Gb|Lo ;b:o uf]s'nk|;fb afF:sf]6faf6 ;Daf]wg . t:jL/ M /fhs'df/ k/fh'nL÷/f;;

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र गोकुल बाँस्कोटाले प्रधानमन्त्री ओलीमाथि पार्टीले कारबाही गर्न लागेको संकेत गरेका छन् । मंगलबार बिहान ट्वीट गर्दै बाँस्कोटाले व्यंग्यात्मक शैलीमा ओलीमाथि कारबाही गर्ने कुरा पत्यार नलागे पनि प्रतिक्षा गरिरहेको बताएका छन् ।

‘जिम्वालबाका छिमेकीले भनेको दुईसाताभित्र प्रधानमन्त्रीमाथि पानी पिउन पनि नपाउनेगरी खतरा कार्यवाही गर्ने तयारी छ रे,’ बाँस्कोटाले मंगलबार ट्वीट गर्दै भनेका छन्, ‘भर्खरै सुनाए । पत्यार नलागे पनि प्रतिक्षा त गर्नु परो अब ।’

नेकपामा हाल आन्तरिक किचलो बढ्दै गएको छ । गत शनिबार सचिवालयका बहुमत नेताहरुले बैठक बोलाउन माग गर्दै अध्यक्ष ओलीलाई पत्र बुझाएका थिए । उनीहरुले सोमबारभित्र बैठक डाक्न दिएको अल्टिमेटम सकिएको छ । मंगलबार एक दिन पर्खेर औपचारिक बैठक बोलाउने तयारीमा कार्यकारी अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता नेपाल रहेको बुझिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार