logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नेकपा सचिवालय बैठक बस्दै


  • राजनीति
  • बिहिबार, कार्तिक २७ २०७७

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुक्रबार बस्ने भएको छ । महासचिव विष्णु पौडेलले दुवै अध्यक्षसँगको परामर्शमा शुक्रबारलाई बैठक बोलाएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

‘महासचिव पौडेलले दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग हिजो बेलुका र आज बिहान परामर्श गर्नुभयो । र, सहमतिमै शुक्रबार बेलुका ४ बजेलाई बैठकको समय तय गरिएको छ,’ केन्द्रीय सदस्य रिजालले जानकारी दिए ।

यसअघि बहुमत सचिवालय सदस्यले आज बिहीबारका लागि बोलाएको बैठकका थिए । मंगलबार अध्यक्ष प्रचण्डसहित ५ जना सचिवालय सदस्यहरुको अनौपचारिक छलफलले बिहीबार बैठक बस्ने निर्णय गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार