logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

एकाबिहानै दुखद खबर, यस्तो छ बैतडी दुर्घटनाको अवस्था


  • राजनीति
  • शुक्रबार, कार्तिक २८ २०७७

बैतडीको खोड्पे नजिकै बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । बैतडी र दार्चुलाको सीमा क्षेत्र गन्नादेखि कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति ९ बजेतिर भीरबाट खसेको थियो ।

उक्त दुर्घटनामा परी घाइते भएका ७ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई थप उपचारका लागि धनगढी पठाइएको छ भने अन्य घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले जानकारी दिए ।

मृतक र घाइतेहरुको पहिचान खुल्न बाँकी रहेको प्रहरी नायव उपरीक्षक अधिकारीको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार