logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

हिन्दू धर्मगुरु श्रीनिवाशाचार्य पूर्पक्षको लागि जेल चलान


  • राजनीति
  • बुधबार, जेष्ठ १६ २०७५

राटनगर– आफैंलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका हिन्दू धर्मगुरु श्रीनिवाशाचार्य पूर्पक्षको लागि जेल चलान भएका छन् ।

मोरङ जिल्ला प्रशासन कार्यालयमा भएको बयानपछि प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले उनलाई पूर्पक्षको लागि जेल चलान गर्ने आदेश दिएका हुन् ।
श्रीनिवासाचार्यलाई सुनसरीको झुम्का कारागारमा थुनामा राख्न पठाइएको छ ।

यस्तै उनीसँगै उनका सहयोगी माधव चौधरी र लक्ष्मीराज अधिकारी पनि जेल चलन भएका छन् ।

गत चैत २५ गते विराटनगरमा उनीमाथि भएको गोली प्रहारमा उनकै निर्देशनमा भएको खुलेसँगै प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार