logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

ओलीद्धारा सचिवालय विगठनकाे प्रस्ताव


  • राजनीति
  • बुधबार, मंसिर ३ २०७७

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेलले नेतृत्व असफल भएको भन्दै सचिवालयका सबै सदस्यले सामूहिक राजीना गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। अर्का अध्यक्ष तथा प्रधानमन्त्रीकाे तर्फबाट ठानिएकाे उक्त प्रस्ताव महासचिव पाैडेलले राखेकाे थिए

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठक सञ्चालनका क्रममा महासचिव पौडेलले यस्तो प्रस्ताव अघि सारेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए।

पार्टीभित्र अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच विवाद चर्किदै जाँदा नेकपाको विवाद उत्कर्षमा पुगेको छ।

विवाद समाधानका लागि उपयुक्त प्रस्ताव ल्याउनुको साटो नेतृत्व नै विवादमा रुमलिएको भन्दै महासचिव पौडेलले यस्तो प्रस्ताव ल्याएका हुन्।

महासचिव पौडेलको यस्तो सरप्राइज प्रस्ताव गम्भीरतापूर्वक सुनेका अन्य सदस्यले यस विषयमा कुनै प्रतिक्रिया भने जनाएनन्। उनले राजीनामा गरेर नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताएका छन्।

‘पार्टी र सरकार चलाउन हामी असफल भयौँ। यो ढंगले पार्टी चलाउनु भन्दा सामूहिक राजीनामा गरौँ’, महासचिव पौडेलको भनाइ उद्धृत गर्दै ति सदस्यले भने, ‘नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गरौँ।’

बुधबारको बैठकमा प्रधानमन्त्री ओली र उनी पक्षीय सचिवालय सदस्य निर्धारित समयभन्दा ढिला गरी उपस्थित भएका थिए। बुधबारको सचिवालय बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले छुट्टै प्रस्ताव ल्याउने जानकारी गराइएको छ।

बैठकमा प्रधानमन्त्री ओलीले प्रस्तावको लागि १० दिन समय मागरेपछि अर्को सचिवालय बैठक मंसिर १३ गतेलाई तय गर्दै आजको बैठक सम्पन्न भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रवक्ता श्रेष्ठका अनुसार यसअघि पेश भएका र बाँडिएका दस्तावेजसँगै अध्यक्ष ओलीको प्रस्ताव समेतलाई लिएर छलफल गर्नेगरी मंसिर १३ गते सचिवालयको अर्को बैठक तय भएको हो।

बैठकले स्थायी कमिटी बैठकको मिति तय गर्दै केन्द्रीय समिति बैठकको मिति हेरफेर गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

सचिवालय बैठकले १८ गते स्थायी कमिटी र २५ गतेदेखि केन्द्रीय समिति बैठक गर्ने निर्णय गरेको उनको भनाइ छ।यसअघि मंसिर १५ गतेदेखि केन्द्रीय समिति बैठक बस्ने निर्णय भएको थियो। बुधबारको सचिवालय बैठकमा पार्टीभित्रको समस्या अथवा पार्टीको संकट समाधानको विषयमा छलफल भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार