राजनीति
प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका पुर्व विद्यार्थी अध्यक्ष तथा चर्चित युवा नेता पुर्ण बहादुर सिंहलाई प्रहरीले गिरफ्तार गरे पश्चात् उनकाे भक्तपुर स्थित काेठामा हातहतियार सहितकाे प्रहरीले झापा हानेको छ ।
बिहिवार साझ ७ बजेतिर हतियार सहित पुगेकाे प्रहरीले उनकाे परिवार बसिरहेको काेठामा गई बच्चा र श्रिमतीलाइ मानसिक यातना दिएकाे परिवारले जनाएको छ।
कान्छि छाेरीकाे नाम लिएर प्रहरी घर पुगेको थियाे रुममा हतियार सहितकाे प्रहरी पुगेपछि बच्चाहरु आत्तिएका छन भने काेठा खानतलासी गरेर प्रहरीले नेता सिंहका व्याक्तिगत कागजात लियर गएको बताइएकाे छ ।
नेता सिंहलाइ आज बिहान रुपन्देहीबाट नेता सिंहलाई गिरफ्तार गरेकाे थियाे
ओली सरकारले प्रतिबन्ध घाेषणा गरे पश्चात् हालसम्म विप्लव नेतृत्वको नेकपाका स्थायी सदस्य हेमन्त प्रकाश ओली ‘शुदर्शन’ पाेलिट ब्युराे सदस्य भरत बम ‘रणविर’ ओम प्रकाश पुन लगायत करिव १४ सयकाे हाराहारीमा नेता कार्यकर्ताहरु विभिन्न मुद्दामा जेल तथा हिरासत छन् ।
विप्लव नेतृत्वको नेकपामाथी काे प्रतिबन्ध प्रति सुरक्षा निकायका उच्च अधिकारी देखि राजनीति दलसम्म सर्वत्र विराेध भइरहेकाे छ।
यस्तै बिच नेता सिंहकाे गिरफ्तारीलाई गैर न्यायिक भन्दै सामाजिक सन्जालमा व्यापक बिराेध भइरहेकाे छ ।
सरकारले राजनीतिक पार्टी र राजनीतिक आस्थाको आधारमा नेता कार्यकर्तामाथि अनावश्यक दमन गरेर गृहयुद्ध निम्त्याएको बिश्लेषकहरु बताउछन् ।