logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रचण्ड बैचारिक टाट पल्टाइ सहित सर्वनाश तिर गएकाछन : सुर्य थापा


  • राजनीति
  • शुक्रबार, मंसिर ५ २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा पेश गरेको १९ पृष्ठ लामो प्रस्तावलाई अराजनीतिकको संज्ञा दिएका छन् ।

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै थापाले यस्तो बताएका हुन् । उनले भने,‘त्यसो भएको हुनाले यी हमला, सरकारविरुद्धका घेराबन्दी, आलोचना, तथ्यहिन आलोचनाको सिर्जनाको कारखाना खुमलटारमा रहेछ, उहाँले त्यो कारखाना सञ्चालन गरिरहनुभएको रहेछ,।

यस ढंगको अनैतिक काममा उहाँ संलग्न हुनुहुँदो रहेछ भन्ने कुरा यो अराजनीतिक दस्तावेजले प्रस्तुत गरेको छ ।

सरकाविरुद्ध जुन खालका आरोपहरु लगाईएका थिए, दुस्प्रचार भएका थिए, त्यसको मुख्य निर्देशक उहाँ हुनुहुँदो रहेछ भन्ने कुरा त्यो अराजनीतिक प्रस्तावले देखाएको छ ।’ उनले अघि भने,‘यो असाध्यै अनैतिक, असाध्यै दिवालियापन, असाध्यै वैचारिक टाट पल्टाईको विषय हो ।

उहाँ यस ढंगले किन चाहीँ यो सर्वनाशको बाटोतिर, आफ्नो पतनको बाटोतिर जानुभयो ? भन्ने चाहीँ गम्भीर चिन्ताको विषय हो ।’

ओलीलाइ बाध्यपार्ने दाहाल-नेपालको तयारी, एक पद अनिवार्य छोडाउने

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक १३ मंसिरमा बस्ने सहमति भएको छ । हिजो अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि उठाइएका प्रश्नसहितको प्रस्तावमाथि लिखित जवाफ दिन दश दिन समय मागेपछि उक्त सहमति भएको छ । तर, यसबीच ओली र उनीइतर पक्षले शक्ति सञ्चयको अभ्यास गर्ने संकेत मिलिसकेको छ ।

ओलीलाई यसपटक सत्ता संकट टार्न निकै मुश्किल छ । उनीविरुद्ध सचिवालयका बहुमत सदस्य एकजुट छन् । विगतमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसमेतको मोर्चालाई टुटाउन ओली सफल भएका थिए । यसपटक भने उनलाई हम्मे परेको छ । ओली तैपनि निराश भएका छैनन् ।

ओलीले यसपटक सत्ता संकट टार्न कि न विरोधी मोर्चालाई सहमतिमा ल्याउनुपर्छ कि त फुटाउन सक्नुपर्छ । यो दुवै सहज हुने सम्भावना कमजोर हुँदै गएको छ ।
बरु ओलीविरोधी समूहले अध्यक्ष या प्रधानमन्त्रीमध्ये एक पद छाड्न ओलीलाई प्रस्ताव गर्ने तयारी गरेको छ । उनलाई पार्टी कमिटीबाटै यस्तो प्रस्ताव गर्ने तयारी भएको बुझिएको छ । ओलीले कि त अध्यक्ष कि त प्रधानमन्त्री पद रोज्नुपर्ने हुन्छ ।

विश्वस्त स्रोतका अनुसार नेकपाभित्रको मध्यमार्गी धारले ओलीलाई दुई मध्ये एक पद रोज्न प्रस्ताव गरेर सहमति बनाउने प्रयास गरेको छ । दश दिनपछि सचिवालय बस्ने र त्यसपछि केन्द्रीय कमिटी बस्नेछ । उक्त बैठक नसरेमा फेरि टकराव बढेर वार पारको अवस्था आउन सक्छ ।

ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद पाउँदा एकलौटी ढंगले सरकार र पार्टी चलाउन खोजेको नेकपाभित्रका प्रचण्ड र माधव नेपाल पक्षहरुबाट विश्लेषणहरु भइरहेको छ । त्यसैले कम्तिमा एक पद छोडाएर निकास निकाल्न पूर्व एमालेका एकाथरी नेताहरु लागेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार